News Portal

  • शैक्षिक परामर्श तथा व्यक्तित्व विकास सम्बन्धि निःशुल्क कार्यक्रम सञ्चालन गर्दै एक्सेस एकेडेमी तथा युनिक एजुकेसन सेन्टर

    जनगर्जन संवाददाता
    ५६१ पटक

    २४ बैशाख, भक्तपुर   भक्तपुरको सुर्यविनायकस्थिति एक्सेस एकेडेमी तथा युनिक एजुकेसन सेन्टरले एस ई ई परिक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गरि यही वैशाख २५ गते शैक्षिक परामर्श तथा व्यक्तित्व विकास सम्बन्धि निःशुल्क कार्यक्रम गर्दैछ। उक्त कार्यक्रम विहान सात बजेदेखी नै बजेसम्म एक्सेस एकेडेमीको भवनमा संचालन हुनेछ।

     

    उक्त कार्यक्रममा एस ई ई परिक्षा दिएका विद्यार्थीहरुलाई भविष्यमा अध्ययन गर्ने र उपयुक्त विषय छ्नोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विज्ञान ,व्यवस्थापन ,इन्जिनियरिङ्ग,चिकित्सा लगायतका विभिन्न क्षेत्रमा शिक्षण गरिरहनु भएका अनुभवी तथा विशिष्ट व्यक्तित्वहरुबाट परामर्श प्रदान गरिने एक्सेस एकेडेमीका प्रबन्ध निर्देशक निराजन सिलवालले बताउनु भयो ।

    उहाँले एक्सेस एकेडेमीले लामो समयदेखि विद्यार्थीहरु माझ मार्गदर्शन , परामर्श तथा अन्य शैक्षिक गतिविधि संचालन गरिरहेको जानकारी पनि गराउनु भयो। भक्तपुरमा लोकप्रिय शैक्षिक तथा परामर्श संस्थाको रुपमा रहेको एक्सेस एकेडेमीले ब्रीज कोर्स,कम्प्युटर तालिम र कोरियन,जापानीज तथा अङ्ग्रेजी भाषाका कक्षाहरु पनि संचालन गर्दै आइरहेको छ। एकसेस एकेडेमीले एस ई ई दिएका विद्यार्थीहरुका लागि वैशाख २६ गतेदेखि ब्रीज कोर्स संचालन गर्न लागेको पनि उहाँले बताउनु भयो। साथै उक्त कार्यक्रममा एस ई ई परिक्षा दिएका जेहेन्दार विद्यार्थीहरुलाई बिशेष रुपमा छात्रावृत्ति प्रदान गरिने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्