News Portal

  • बैशाख ३० मा हुने चुनावमा कस्तो मतपत्र प्रयोग हुन्छ ? हेर्नुहोस्

    जनगर्जन संवाददाता
    २८६ पटक

    १८ वैशाख, काठमाडौं ।  यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

    आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

    निर्वाचन आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।

    भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्