News Portal

समाजवादका लागि सामना परिवारको सांङ्गितिक अभियान कपिलवस्तुको शिवगढीमा सम्पन्न

विष्णु विश्वकर्मा२०८१ आश्विन १९
४४१ पटक

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढीमा सामना परिवारको सामना सांस्कृतिक अभियान सम्पन्न भएको छ ।

शुक्रबार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको वार्ड न. ९ भगवानपुर चोकमा आयोजित उक्त सास्कृतिक कार्यक्रममा नेकपाका महासचिव विप्लव सी, पार्टीका पिबिएमहरु ,पार्टीका केन्द्रिय सदस्यहरु,पूर्व मन्त्री तथा वरिष्ठ गीतकार मणि थापा, वरिष्ठ गीतकार तथा संगीतकार माइला सी, कलाकारहरु आरोह नेपाली, रमण थामी, सुशीलसिंह ठकुरी किशोर बि.क.लगायतका कलाकारहरुले समाजवाद र देशभक्तिका पक्षमा सांस्कृतिक कार्यक्रम प्रस्तुति गरेका छन ।

देशमा दलाल पुजीवादीको बिगबिगी छ तसर्थ दलाल पुँजीवाद विरुद्ध तथा समाजवादको पक्षमा नेपाली समाजवाद ल्याउन सामना परिवारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरेको छ ।

उक्त सांस्कृतिक कार्यक्रममा लघुनाटक‘करेसाबारीमा साग’ प्रस्तुत गरिएको थियो । यो प्रस्तुतिले दर्शकको ध्यानाकर्षण गरेको थियो । वर्तमान समाजको यथार्थलाई प्रस्तुत गर्दै उत्पादनलाई क्रान्तिको अभिन्न अंश बनाउनुपर्ने र कृषि क्रान्तिले नै नेपालमा समाजवाद आउने कुरामा जोड दिएको छ ।

नेकपाका नेता एवं वरिष्ठ गीतकार माइला लामाको उद्घोषण र वरिष्ठ गीतकार मणि थापाको ‘अरुण तरेर नाना, आरोही सी देशभक्ति र शहिदहरुको बलिदानीको गीत हाम्रो धेरै सम्मान छ देशभक्त र सहिद योद्धालाई भन्ने शीर्षकले दर्शकलाई आकर्षण र भावबिहोल दुबै गरेको थियो ।

कार्यक्रमको अर्को आकर्षक प्रस्तुति कवि एवं गीतकार मणि थापाद्वारा लिखित ‘बकबास बन्द गर’ शीर्षकको कवितालाई आरोही सी को प्रमुख भुमिकामा अन्य कलाद्वारा सशक्त रुपमा अभिनय गरिएको थियो । उक्त प्रस्तुतिले माओवादी जनयुद्धमाथि गरिएको आक्रमण विरुद्ध र जनयुद्धको सौन्दर्यमूल्यलाई उजागार गरिएको छ ।

सांस्कृतिक कार्यक्रमको व्यवस्थापन नेकपा कपिलवस्तुले गरेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाका कार्यालय प्रमुख जङ्ग बहादुर शाह, विभिन्न पार्टीका नेता तथा प्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक,समाजसेवी तथा बुद्धिजीवी विभिन्न उद्योगी व्यवसायी, तथा स्थानिय बासिन्दा र पत्रकार लगायतकोधेरैको सहभागिता रहेको थियो । कार्यक्रममा शुरुवातमा नेकपा केन्द्रिय सदस्य आरोह सीले मन्तव्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी सामना परिवार ,बागमती सामना परिवार, स्थानिय कलाकार लगायतका नृत्य तथा गीत पनि प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्