News Portal

  • टुंडिखेलमा गौरापर्व , गौरापर्वमा देउवा,ओली विरुद्ध नाराबाजी , ओलीले भने यो कस्तो नेपालीपन

    जनगर्जन २०८१ भाद्र १०
    ११२ पटक

    काठमाडौं । आज काठमाडौंको टुंडिखेलस्थित खुल्ला मन्चमा विशेष कार्यकमका साथ गौरापर्व मनाईएको छ।

    काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायतका उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो ।
    नाराबाजी पछि उक्त समुहलाई लक्ष्यित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादालाई बिर्सिदै गएको बताएका थिए ।

    यसै क्रममा उनले भने ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, हामी नेपाली हौ आफ्नो नेपालीपनलाई नभुलौ ,।

    नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे । ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन ।’

    प्रतिकृया दिनुहोस्