News Portal

  • सर्वोत्कृष्ट लेखकको” उपाधि पर्वते चेलि कल्पित मिनु कार्किलाई

    शेर ब.बिश्वकर्मा २०८१ आषाढ २८
    २७८ पटक

    पोखरा । धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड 2081 मार्फत सर्वोत्कृष्ट भिडियो स्क्रिप्ट लेखन बिधा बाट पर्वते चेलि कल्पित मिनु कार्किले अवार्ड जित्न सफल भएकी छन।

    पर्वत जिल्ला, फलेबास नगरपालिका, थापाठाना गाविस, वडा नम्बर 8 खनारमा जन्मिएकि कार्कि एक दशक यता बुटवलमा बसेर अभिनय, लेखन तथा निर्देशनको भूमिकामा संघर्ष गर्दै आएकि कार्कीले लोकदोहोरी विधाका 6 वटा एल्बममा समेत आफ्नो स्वर ,शब्द भरेकी छन।

    करिब २०० भन्दा बढी चलचित्र, लघु चलचित्र, टेलिसिरियलमा अभिनय लेखन तथा निर्देशनमा काम गरी निखारिएकी कलाकार मिनु भन्छिन “हरेक ठाउँमा आफ्नो कला र क्षमता भएर मात्रै कहाँ हुदो रहेछ र राजनिती हेरिन्छ आफ्नो मान्छे हेरिन्छ पछिल्लो समय त झन भाइरल कलाकार लाई धेरै हेरिएको छ ।

    दुःखको कुरा, कला र गलाको मात्र सम्मान नहुँदो रहेछ। म आफ्नो कर्म र सङ्घर्ष गरिरहेकी छु। फुल्नु जीवन हो भने, फक्रनु सङ्घर्ष हो, जिन्दगी फक्राउनु छ भने संघर्ष त गर्नैपर्छ। र सङ्घर्षसँग नै वर्तमान अल्झिरहेको छ। गन्तव्य खोजी गर्न भौतारी रहेको सपनाको भोकले खै कहाँसम्म पुर्‍याउँछ त्यो त थाहा छैन तर पनि यो क्षेत्रमा म अझै कसिएर लाग्नेछु, एक दशकको संघर्ष पछि मात्रै आज यो अवार्ड लिन पाउँदा अत्यन्तै खुसी छु।” उनले भनिन मेरो कला र क्षमता को कदर गरि निष्पक्ष रुपमा यो पुरस्कार को लागि योग्य ठानेर पुरस्कृत गरिदिएकोमा आयोजक सस्था उपमा सञ्चार प्रा.लि का अध्यक्ष आदरणीय दीज्यु आशा गौतम ज्यु प्रती खै कुन शब्द ले प्रसंसा गरु जहाँ कि एउटा नारीले यस्तो बिशाल कार्यक्रम गरि अग्रज देखि अनुज सम्म का कलाकार लाई सम्मान गर्न सफल हुनु भयो।

    अध्यक्ष ज्यु को शाहस लाई म सल्युट गर्छु मैले अवार्ड जित्नु भन्दा पनि अध्यक्ष ज्यु को यो सफलतामा गर्वले छाती चौडा भएको छ उहाँले यस्तो प्रगती गरेको देख्दा र लुकेका प्रतिभा लाई खोज्ने अभियान मा हराएका ब्यक्ती लाई यो स्थान दिदा यस्तो शाहस गरेर कैयौं ओझेलमा परेको कलाकार लाई खोजी खोजी सम्मान गर्नु भयो कलाकार हरु को लागि एउटा दरिलो खम्बा बनिदिनु भयो फेरि पनि यस्तै सफलता र खुशी को पर्खाइमा छु। आशा छ आगामी दिनमा पनि पक्कै यस्तै कार्यक्रम हरु गरेर ओझेलमा परेका कलाकार हरुलाइ समेटी प्रोत्साहन र हौसला दिनु हुनेछ।

    उक्त अवार्ड कार्यक्रम 2081 असार 8 गते बाग्लुङ बजार स्थित , क्षेत्री समाजको भवन हल गुठीमा , गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय खगराज अधिकारीज्यूको अतिथ्यतामा भएको हो। कार्यक्रममा, चर्चित कलाकार रेशम सापकोटा, प्रल्हाद सुवेदी, सन्तोष आचार्य,बसन्त केसी, निर्मल पौडेल , मायादेवी गुरुङ , रामशरण पाण्डे लगायतको उपस्थिति थियो। उक्त कार्यक्रममा , लालबहादुर थापा, बाग्लुङ भगवती गुठीका अध्यक्ष कुमार खड्का , पर्वतका सामाजिक अभियन्ता याम परियार ” शिव ” लगायतले बोल्नुभएको थियो।

    कार्यक्रम उद्घोषण अनिल आघातले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापक सन्तोष आचार्य हुनुहुन्थ्यो।

    प्रतिकृया दिनुहोस्