News Portal

  • रुपन्देहीको सियारी र सुद्दोधनमा समाजवादी मोर्चा गठन।

    बिनोद खनाल२०८१ साउन १०
    १६६ पटक

    बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी सहित वाम दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको जिल्ला तथा पालिकास्तरीय समिति गठन अन्तरगत रुपन्देहीको सियारी र सुद्धोधनमा गाउँ स्तरीय मोर्चा गठन भएको छ ।

    जसमा सियारीमा नेकपा गाउँ कमिटी इन्चार्ज मुकेश सीको अध्यक्षतामा र सुद्धोधन गाउपालिकामा नेकपा माओवादी केन्द्रका मणिप्रसाद खनालको अध्यक्षता समाजवादी मोर्चा गठन भएको हो ।
    सियारीमा मुकेश सी नेतृत्वमा मोर्चामा आवद्ध दलबाट एकजना महिला सहित ३/३जना रहेको ९ सदस्यीय गाउँ समिति गठन भएको छ । जसमा नेकपाबाट दिपक सी, सबित प्रधान, नेकपा माओवादी केन्द्र बाट यज्ञ बहादुर थापा, चित्र कुमारी भुसाल, राम बहादुर थारु नेकपा एकीकृत समाजबादीबाट बिजय कुमार यादब बुद्धिराम यादब र तुलसीराम यादब रहेकाछन ।

    यस्तै सुद्धोधनमा नेकपा माओवादी केन्द्रका मणिप्रसाद खनालको नेतृत्वमा १/१ जना महिला सदस्य सहित ९ सदस्यीय गाउँ समिति गठन भएको छ। जसमा नेकपाका छवि सी, इश्वरी सी उमा सी, नेकपा माओवादी केन्द्रका चिन्तामणी गैरे, शारदा घिमिरे रहेकाछन ।


    मोर्चाको घोषणा कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा समाजबादी मोर्चा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त सीको प्रमुख आतिथ्यता भएको थियोे। उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा समाजबादी मोर्चा रुपन्देही अध्यक्ष शरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जीसी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला उप सचीव टंक पोख्रेल, नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तिर बहादुर रोकाय लगायतको उपस्थिति रहेको थियोे भने नेकपाका जिल्ला सदस्य तथा सियारी/सुद्धोधनका इन्चार्ज मुकेश सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

    प्रतिकृया दिनुहोस्