News Portal

उत्पादनविना क्रान्ति सम्भव छैन : माइला सी

शोभराज भट्ट२०८१ साउन ६
२४० पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले उत्पादन विना क्रान्ति सम्भव नभएको बताएका छन् । शनिबार नेकपा काठमाडौं जिल्लाको उत्पादन विशेष बैठकलाई सम्बोधन गर्दै माइला सीले पार्टीको नीति अनुसार अहिले उत्पादनमा जोड दिनुपर्ने बताए ।

संसदीय व्यवस्था असफल भएकाले नेकपाले नयाँ सिराबाट क्रान्ति उठाएको जिकिर गर्दै उनले पार्टीको पहिलो प्राथमिकता उत्पादन भएको बताए । ‘हामी पहिला पार्टीलाई आत्मनिर्भर बनाउँछौं । पार्टी आत्मनिर्भर भयो भने जनतालाई पनि आत्मनिर्भर बनाउने योजनामा लाग्नुपर्छ ।’, उनले भने, ‘पार्टीले लिएको निर्णय निर्धक्कका साथ लागु गरौं क्रान्ति सफल हुन्छ ।’

बैठकका प्रमुख अतिथिसमेत रहेका उनले व्यवस्था परिवर्तनको नेतृत्वको नेकपाले गर्ने ठोकुवासमेत गरेका थिए । काठमाडौं जिल्ला सेक्रेटरी चिरन्जीवी सीको अध्यक्षतामा बसेको बैठकले चन्द्रागिरीमा कुखुरा पालन गर्ने, च्याउ उत्पादन गर्ने र गाई फार्म संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा महानगरपालिका र नगरपालिकाका इन्चार्ज र सेक्रेटरीको उपस्थिति रहेको काठमाडौं जिल्ला सेक्रेटरी डिआर सीले बताए । उनका अनुसार उपस्थित सबैले उत्पादन कार्य सम्बन्धी रिपोटिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस्