News Portal

  • आफ्नो सत्ता र व्यवस्थाका लागि विद्रोह गर्नु जनताको अधिकार होः विप्लव सी

    वसन्त वि. क.२०८१ जेठ २८
    १५८ पटक

    जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आफ्नो सत्ता र व्यवस्थाका लागि जनताले विद्रोह गर्नु अधिकार भएको बताएका छन ।

    जनता समाजवादी पार्टीको राािष्ट्रय सम्मेलनलाई सोमबार जनकपुरमा शुभकामना दिदै नेकपाका महासचिव विप्लवले आफ्नो सत्ता र व्यवस्थाका लागि जनताले विद्रोह गर्नु अधिकार भएको बताएका हुन ।

    उनले नेपालमा गणतन्त्र र संघीयता जस्ता परिवर्तन भएपनि यो पूर्ण नेपाली जनताको पक्षमा नभएको भन्दै पूर्ण परिवर्तनका लागि एकपटक विद्रोह गर्नु आवश्यक भएको बताए ।

    महासचिव विप्लवले भने ‘नेपालमा अस्थीर राजनीति छ, एउटा निकास चाहिएको छ, त्यो समाजवाद हो, अहिले संविधान संशोधन गरेर होस वा जनमतसंग्रह गरेर होस नेपालमा समाजवाद चाहिन्छ, राजनीतिक संकटको निकास समाजवाद मात्र हो ।’

    ‘समाजवादी र कम्युनिष्टहरुले कहिल्यै युद्ध चाहदैनन् बरु जनताको व्यवस्था र सत्ता चाहान्छन’ उनले भने,‘पुँजीवादीहरु युद्ध चाहान्छन, समाजवादीहरु युद्ध चाहदैनन्, समाजवादीहरु जनताको व्यवस्था र सत्ता चाहान्छन,जनताको न्यायपूर्ण आवाजहरु बन्दुकले दबाउन खोजे जनताले विद्रोह गर्नु अधिकार हो ।’

    महासचिब विप्लवले आफ्नो पार्टीको अरु कुनै पनि चिन्ता र स्वार्थ नभएको स्पष्ट पार्दै नेपाली जनतालाई एकपटक सत्ताको मालिक बनाउने सपना भएको बताए ।

    उनले नयाँ धुव्रीकरण र एकता नेपालमा आवश्यक भएको बताउदै अपूर्ण परिवर्तनलाई पूर्णतामा लिन एउटा आन्दोनल आवश्यक भएको जिकिर गरे ।
    उनले भने ‘आज जनता पुरै अधिकार सम्पन्न छैनन् । परिवर्तनका लागि लडेका शक्तिहरुलाई अपराधी बनाउन खोजिदैछ, माओवादी जनयुद्धले नेपालमा गणतन्त्र ल्याएको हो, मधेस आन्दोलनले संघीयता ल्याएको हो,यो कसैका सामु लुकाउने कुरा होईन ।’

    उनले जनता समाजवादी पार्टीको कार्याक्रमलाई शुभकामना दिदै नेपालको सामन्तवादलाई माओवादीले संचालन गरेको जनयुद्धले विस्थापित गरेर गणतन्त्र ल्याएको पनि दावी गरे ।

    प्रतिकृया दिनुहोस्