News Portal

  • मुस्लिम समुदायको लागी शसक्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न

    मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध विषयक शसक्तिकरण तथा क्षमता विकास कार्यक्रम ।

    विष्णु विश्वकर्मा२०८१ जेठ २२
    १४१ पटक

    कपिलवस्तु / कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ६ खडैचास्थित गाउँपालिकाको सभाहलमा मुस्लिम आयोग जावलाखेल, ललितपुरको आयोजनामा शसक्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

    मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध विषयक शसक्तिकरण तथा क्षमता विकास कार्यक्रम मुस्लिम आयोग सदस्य मिर्जा अरशद वेगको अध्यक्षता तथा मुस्लिम आयोग कार्यवाहक अध्यक्ष मोहमुदिन अलिको प्रमुख आतिथ्यतामा तथा मुस्लिम आयोग कर्मचारी शाखा अधिकृत मिनराज आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरुमा मुस्लिम आयोग सदस्य मोहम्मद समसुर हद, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं ५ वडा अध्यक्ष अनवर मुसलमान, गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूह अध्यक्ष परवेज आलम खान, गाउँपालिकामा रहेका मस्जिद तथा मदरसाका मौलाना को उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथि मोहमुदिन अलिले समुदायको विकास उत्थान जागरुकताक निमित्त अथक संघर्षको सफलताबाट नेपालको संविधानमा संवैधानिक अंगको रुपमा मुस्लिम आयोग स्थापना भएको र त्यसलगत्तै संवैधानिक संस्थाले मुलुकको कुल जनसंख्याको ५.०९% जनसंख्या रहेको मुस्लिम समुदायमा भएका तमाम समस्यालाई समाधानको लागि सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आइरहेको बताएका छन । मुस्लिम समुदायको शसक्तिकरण कार्यक्रम देशैभर गर्ने बताएका छन । मुस्लिम समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा समग्र विकास समुन्नतिको लागि मुस्लिम धर्मको धार्मिक स्थल मस्जिद र मदरसाको अवस्था आवस्यक भौतिक संरचना तथा मानवीय संसाधन व्यवस्थामा संघ, प्रदेश र स्थानीय तहले चलेका कदम हरु र अझै आवस्यक नीति, बजेटको सम्बन्धमा हामी निरन्तर माग गर्ने प्रतिबद्धता जनाएका छन ।

    त्यस्तै मुस्लिम समुदायमा हुने बालविवाह र छोरी हरुलाई उच्च शिक्षा अध्ययनमा पारिवारिक बाधा पर्ने गएको हुँदा छोरीहरूलाई पनि उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने बताएका छन। ।

    उनले भनेका छन विडम्बना हाम्रो देशमा अहिले सम्म त्यो योग्यता भएको मुस्लिम समुदायकी महिला नहुदा राज्य सत्ता वा सरकारमा सहभागिता जनाउन नसकेको बताएका छन ।

    सस्थाले मुस्लिम महिला शसक्तिरणको लागि सिलाई कटाई, कम्प्युटर तालिम लोकसेवा आयोग तयारी कक्षा पनि सञ्चालन गरेको कुरा उनले बताएका छन ।

    यस्तै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा मुस्लिम समुदाय अलि पछाडि परेका छन चेतनाको अभाव या आर्थिक समस्याको कारण हो गाउँपालिकाकाे नमूना विद्यालय दुधाधरी माध्यमिक विद्यालयमा १५०० विद्यार्थी मध्ये २ जना मुस्लिम समुदायको चेलीहरु अध्ययन गरेको बताएका छन ।
    मुस्लिम समुदायले कक्षा ५ सम्म मदरसामा पढाउने त्यसपछि छोरीलाई विद्यालय नपठाउने परिपाटी रही आएको हुँदा यो विषयमा तपाईं हामी अभिभावक एकदमै सजग हुनु पर्ने बताएका छन ।

    उनले भनेका छन छोरी हरुलाई शिक्षित बनाउनु पर्छ तब मात्र समाज शिक्षित हुन्छ । मदरसा र मस्जिद संरक्षण एवं सम्बर्द्धन लागि मैले प्रत्येक वर्ष बजेट विनियोजन गरेको छु , मदरसामा भवन निर्माण, पर्खाल, फर्नीचर, शौचालय जस्ता अति आवस्यक संरचना निर्माण भएको छ ,केन्द्रमा पनि बजेट माग गर्दै आइरहेको यहाँहरुलाई अवगत नै छ तपाईं हामी हातेमालो गर्ने हो भने सबै कुरा सफल हुन्छ ।

    समग्र विजयनगर साम्प्रदायिक हिसावले एकदम एकताबद्ध छ । कथम कथाचि मुस्लिम समुदायमा, मधेसी समुदाय र पहाडी समुदायमा साम्प्रदायिक द्वन्द फैलाउने व्यक्तिहरू नहुने हैनन् तर त्यस्ता व्यक्ति हरुबाट सम्पूर्ण विजयनगर बासी सचेत र सजग रहनु नै हाम्रो प्रमुख उद्देश्य हो ।

    प्रतिकृया दिनुहोस्