News Portal

  • गोरखाको चुम भ्यालीबाट जपुर फर्किए प्रकाश, साहुले दिने भए १० लाख

    जनगर्जन संवाददाता२०८१ भाद्र १४
    १५८ पटक

    काठमाडौं । ३५ वर्षदेखी काठमाडौबाट हराएर ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ पका´लाई ´साहूले खादा लगाएर बिदाई गरेका छन् । बिद्या चापागाइको ‘हेर्ने कथा’ मार्फत ‘हराएका वर्ष’ मार्फत् पारिवारिक मिलनमा पुगेका प्रकाशलाई चुम भ्यालीबाट भोजपुरका लागि जनप्रतिनिधि, साहू लगायतले खादा लगाएर बिदाई गरेका छन् । पारिवारिक मिलनमा पुगेर दशैंमा फेरि फर्किने वाचासहित पोहोर प्रकाश चुमभ्याली फर्किएका थिए ।


    प्रकाशको बिदाईमा चुमनुव्री गाउँपालिकाका पदाधिकारी, स्थानीय प्रहरी चौकी र अगुवाहरू उपस्थित भएका थिए । प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले पनि थप १ लाख रूपैयाँ दिनेछ । प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिने प्रतिबद्धता सहित बिदाई गरेको थियो ।

    प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा आफ्नो फेसबुक स्टाटस मार्फत पनि राखेका थिए ।

    एक वर्षअघि ‘हेर्ने कथा’को हराएका वर्षहरूमा प्रकाश तामाङ घर पुगेका थिए भने फेरि फर्किएका थिए । पछि फेरि दशैँ तिहार मान्न भोजपुर गएर गोरखाकै चुमभ्याली गएका थिए।

    प्रतिकृया दिनुहोस्