News Portal

  • पाँचतारा युवा संरक्षण मञ्चका एक महिला कर्मचारीमाथि यौन हिंसा र जागिरबाट बर्खास्त

    जनगर्जन संवाददाता२०८० फाल्गुण २३
    ३८ पटक

    वसन्त वि.क.
    जाजरकोट । जिल्लामा रहेको गैरसरकारी संस्था पाँचतारा युवा संरक्षण मञ्चको चरम ज्यादती खुलासा भएको छ । महिला कर्मचारीमाथि केही पुरुष कर्मचारीहरुले यौनजन्य हिंसाका गतिविधिहरु गर्ने देखि आर्थिक चरम अनियमिता हुने गरेको खुलासा भएको हो ।
    हालै कंचनपुर घर भएकी एकजना महिला कर्मचारीमाथि यौन हिंसा गरिएको र विरोध गर्दा उनलाई जागिरबाट समेत बर्खास्त गरिएको घटना सार्वजनिक भएको छ ।
    संस्थाका महिला कर्मचारी धनवती चन्दले कर्मचारी दिपक निरौला,वीरेन्द्र कुमार थारु र राजेन्द्र प्रसाद थारुले आफूमाथि पटक –पटक यौनजन्य हिंसा गरेको र त्यो कुराको विरोध गर्दा जागिरबाट हट्नु परेको दुुखेसो पोखेकी छन ।

    उनले आफूमाथि भएको हिंसा र संस्थाको सामान खरिदमा हुने कमिशनको खेलको विरोध गर्दा संस्थाले विभिन्न षड्यन्त्र गरी हटाएको आरोप लगाएकी छन ।
    पीडित चन्दले आफुमाथिको अन्यायकावारे लिखित रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी दिदा पनि उल्टै ठुलो मानसिक दबाव खेनु परेको र न्याय नपाएको बताएकी छन ।
    उनले आफ्नो निवेदनमाथि सुनुवाई नगरी जबर्जस्त दबाव दिएर फागुन ९ गते मिलापत्र गर्न लगाएको बताएकी छन ।
    पीडित चन्दले भनिन ‘मलाई न्याय हुुनुपर्छ भन्ने थियो,सबैले धम्की दिए,म बाहिरको एक्लो महिला भए । म ज्यान बचाउनु पर्छ भनेर बाहिरिए । प्रहरीले पनि साथ दिएन । मेरो न्यायको लागि सबैले पहल गरोस भन्ने चाहाना छ ।’
    उनले जनपत्रिकासंगको कुराकानीमा भनिन् ‘संस्था भित्र चरम भ्रष्टाचार र अनियमिता छ, अख्तियारमा मुद्धा समेत परेको छ , मेरो संस्थाको सामान सप्लायर्सको जिम्मेवारी थियो । सामान खरिद गर्दा कमिशन छुट्याउनु पर्छ भन्ने कुरा आउन थाल्यो, मैले विरोध गरे र विभिन्न षडयन्त्र गरेर मलाई हटाईयो र ममाथि यौन हिंसा गरियो ।’
    उनले आफ्नो निवेदनमा पटक –पटक यौनजन्य हिंसाको कुरा गर्दा पनि धेरै दिनसम्म सहेर बसेको र कार्यकक्ष भित्र पनि यौन्जन्य हिंसाका शब्दहरु प्रयोग हुने गरेको उल्लेख गरेकी छन ।
    उनले निवेदनमा लेखेकी छन ‘मैले प्रतिकार गर्दा निजहरुले तपाईको कुनै काम छैन भन्ने जस्ता अपमानजनक शब्दहरु प्रयोग गरि काम गर्ने वातावरण नै दिएनन् ।’ उनले कार्यालय परिसर भित्र पनि एक आपसमा गाली गलौजका शब्दहरुको प्रयोग हुने गरेको बताईन ।
    पीडित चन्दले निवेदनमा लेखेकी छन ‘वीरेन्द्र कुमार थारुले मलाई ए यार सुन्न त ! भनेर चर्को स्वरमा मलाई बोलाउने गरेको र त्यस्तो शब्द प्रयोग नगर्नुस भनेर मैले आग्रह गर्दा निजले मलाई परिवार जस्तो मानेर भनेको हुँ भनि जवाफ दिने गरे ।’
    पीडित चन्दले निवेदनमा यौन्जन्य हिंसाहरुको विस्तृत विवरण सहितको ५ पानाको स्पष्टिकरण लेखि न्यायसंगत निर्णयको लागि संस्थामा अनुरोध गर्दा उल्टै २०८० फागुन ३ गतेका दिन विहान १०ः० बजे अध्क्षयको कार्य कक्षमा आफूलाई बोलाई कार्यवाहक अध्यक्ष आशा कार्कीको हस्ताक्षर भएको बर्खास्त पत्र बुझाएको गुनासो गरेकी छन ।
    पाँचतारा युवा संरक्षण मञ्चले उनलाई २०८० साल मंसिर २६ गते तीन महिनाको परिक्षणकालमा रहने गरी २ बर्षिय काम गर्ने प्रतिवद्धता गराउदै करारमा नियुक्त गरेको थियो । तर करार अवधि पनि नसकिदै उनलाई संस्थाबाट निकालिएको छ ।
    आपूर्ति व्यवस्थापनको प्रशासनिक सायक पदका लागि गत मंसिर १५ गते वयदक ष्लिप ल्भउब िमार्फत उक्त पद पूर्तिका लागि विज्ञापन प्रकाशित भएकोे थियो ।
    सस्थाको तोकिएको प्रक्रिया अनुरुप आवेदन पेश गरि छनौटमा परेकी चन्दले गत मंसिर २४ गते भएको लिखित तथा अन्तरवार्ता परिक्षामा प्रतिस्प्रधा गरि नाम निकालेकी थिईन ।
    उनको अहिले गैरसरकारी संस्था मार्फत समाजको सेवा गर्ने सपना चक्नाचुर भएको छ । उनी एकल महिला पनि हुन । उनी अहिले आफ्नै गृह जिल्ला कञ्चनपुरमा फर्किएकी छन । उनले दुई महिनाको काम गरेको पारिश्रमिक बुझेर भावविवल हुदै जाजरकोट छोडेको र ज्यानको रक्षा गर्न सफल भएको बताएकी छन ।
    यस घटनाका बारे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोस रोकायालाई जनपत्रिकाले बुझदा जिल्ला प्रहरी कार्यालयसम्म निवेदन पुगेको स्वीकार गरेका छन । उनले दुबैपक्ष बिच लामो समय लगाएर छलफल गरी सहमतिमा मिलापत्र गरेको बताए । डिएसपी रोकायाले प्रहरीले यौन हिंसाको बारे यथेष्ट प्रमाण पेश गर्न आग्रह गरेको भएपनि पीडित भनिएकी महिलाले प्रमाणहरु पुर्याउन नसकेकाले मुद्धा नचलेको जवाफ दिए ।
    उनले भने ‘महिलाको अस्थीरता देखियो,उनमा मानसिक समस्या होकी भनेर मनोकाउन्सीलरलाई पनि बुझन लगायौ,उनी तुरुन्ता –तुरुन्तै रुने र खुसी हुने गर्थिन । यौन हिंसाका बारे प्रमाण पुगे हामीले मुद्धा नचलाउने कुरा नै भएन ।’
    पीडित महिलाले भने प्रहरी तथा ठुला बढाहरुले मानसिक रुपमा दबाव दिएकाले ज्यान जोगाउन भएपनि मिलापत्रमा हस्ताक्षेर गरेर फर्किएको बताएकी छन ।
    उनले यौन हिंसाको आरोप लगाएका संस्थाका कर्मचारीहरु दिपक निरौला र राजेन्द्र प्रसाद थारुलाई बुझदा चन्दले भने जस्तो नभएको बताएका छन । निरौला र थारुले आफूहरुले यौन हिंसा नगरेको र मानसिक दबाव पनि नदिएको प्रतिक्रिया दिए ।
    निरौला र थारुले मुद्धा प्रहरी कार्यालयसम्म पुगेको र मेलमिलाप भईसकेको स्वीकार गरे । संस्थाका कर्मचारीबाट भएको यौन हिंसा र महिला कर्मचारी बर्खास्त गरिएको घटना बारे पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तलाई बुझदा कुनै यौन हिंसा नभएको र महिलाको आफ्नै कमजोरीले हटाउनु परेको जवाफ दिएका छन ।
    उनले जनपत्रिकासंग कुरा गर्दै पीडित भनिएकी कर्मचारी चन्दलाई आफू काठमाडौ भएको बेला कार्यवाहक अध्यक्ष आशा कार्की मार्फत बर्खास्त गरिएको र आफूसंग टेलिफोन कुरा भएको बताए ।
    अध्यक्ष पन्तले भने ‘चन्दले बेला –बेला पदिय मर्यादा विपरित काम गरेकी थिईन,सुधार गर्नुहोस भन्ने सुझाव मात्रै थियो । विनाकारण निकालिएको होइन,यौन हिंसा आदि इत्यादि केही भएको होइन । हामीसंग ६० बढी फुलटाईम र १०० बढी पाटटाईम कर्मचारीहरु छन । सबै मिलेर काम गरेका छौ ।’
    उनले आफू पनि २०६७ सालदेखि सामाजिक परिचालक हुदै संस्थाको अध्यक्ष सम्म पुगेको बताउदै संस्थामा कुनै आर्थिक अनियमिता नभएको पनि दाबी गरे । उनले कुनै कमजोरी भए छानविनका लागि तयार भएको पनि बताए ।
    अध्यक्ष पन्तले चन्दलाई तीन महिनाको परिक्षणकालमा नियुक्त गरिएकको भएपनि उनकै कारणले दुई महिनामै नियुक्तिबाट हटाउनु परेको दाबी गरे ।
    संस्थामा नातावाद कृपावाद,अनियमिता,भ्रष्टाचार,कांग्रेस कार्यकर्ता भर्ति केन्द्र हुने गरेको जस्ता आरोपहरु स्थानीयवासीहरुले लगाउने गरेका छन । संस्थाका अध्यक्ष पन्तले भने त्यस्तो नभएको भन्दै आरोपको खण्डन गरेका छन । उनले संस्थाको स्टेसनरी कोटेसन प्रक्रिया पुरा नगरी आफ्नै नातेदार हसिलाल पन्तलाई दिइएको बारे पनि त्यसो नभएको बताए ।
    पाँचतारा युवा संरक्षण मञ्चमा प्राय कांग्रेस सम्वद्ध संचालक समिति तथा कर्मचारीहरुको बाहुल्यता छ । संस्था जनतामा दिनप्रतिदिन बदनाम हुदै गएको स्थानीयवासीले बताउने गरेका छन ।
    पाँचतारा युवा संरक्षण मञ्च कर्णाली प्रदेशको भेरी नगरपालिका–२ जाजरकोटमा रहेको गैरसरकारी संस्था (एनजीओ) हो । यो २०५३ सालमा स्थानीय प्रशासन कार्यालय, जाजरकोटमा दर्ता भएको थियो भने २०५५ सालमा समाज कल्याण परिषदमा आबद्ध भएको थियो ।

    प्रतिकृया दिनुहोस्