News Portal

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेट: “छिमेकी राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन दिइने छैन”

जनगर्जन संवाददाता२०८२ बैशाख २६
२६ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भारतको जम्मू कश्मीरस्थित पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछिको परिस्थितिबारे राजदूत श्रीवास्तवले जानकारी गराएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीवास्तवले सो आक्रमणको प्रत्युत्तरमा भारतले चालेका कदमबारे जानकारी दिँदै, भारतीय वायुसेनाले जेट हमला गरेको भन्ने प्रचार असत्य भएको स्पष्ट पारेका थिए। साथै, आतङ्कवादविरुद्ध नेपाल सरकारले प्रकट गरेको ऐक्यवद्धताका लागि धन्यवाद पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्वशान्तिको पक्षमा दृढ रहेको र आतङ्कवादको स्पष्ट विरोध गर्ने देश भएको दोहोर्याए। उनले कुनै पनि द्वन्द्वरत समूहलाई छिमेकी राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने नेपालको अडान पुनः पुष्टि गरे।

यस प्रकार, दुई देशबीच सुरक्षा सहयोग र परस्पर सम्मानको आधारमा सम्बन्ध मजबुत बनाउने विषयमा भेटवार्ताले सकारात्मक संकेत दिएको देखिन्छ।

प्रतिकृया दिनुहोस्