News Portal

  • होली पर्वको वास्तविकता

    भेषराज सी
    २११ पटक

    होली पर्वको वास्तविकता के हो ?
    हिन्दु पौराणिक कथाहरुमा उल्लेख गरिएको छ, होलिका
    नाम गरेकी महिला दैत्य राजा हिरण्यकश्यपकी बहिनी थिईन। हिरण्य कश्यपको छोरा प्रह्लाद विष्णु भक्त भएको कारण उनले छोरा प्रह्लादलाई मार्न चाहन्थे। उनले प्रह्लादलाई मार्न अनेक षड्यन्त्र गरे तर सफल हुन सकेनन र ब्रह्माबाट आगोबाट नजल्ने बर्दान पाएकी आफ्नी बहिनी होलीकालाई
    प्रयोग गरेर प्रह्लादलाई आगोमा जलाएर मार्ने योजना बनाए। उक्त योजना अनुसार होलिकाले प्रह्लादलाई काखमा राखेर काठ मुडा दाउराको थुप्रोमा बसिन। त्यसपछि त्यहाँ आगो लगाइयो भगवान विष्णुको कृपाले प्रह्लाद त जलेनन तर दुष्ट होलिका जलेर खरानी भइन। त्यसैको उपलक्ष्यमा होली पर्व मानाइन्छ।
    उपरोक्त मिथक संग कैयौ विद्वानहरु सहमत छैनन। तिनै मध्येका एक हुन भरतीय इतिहास वेत्ता डाक्टर सुर्यबीर सितम। उनका अनुसार प्रजापति दक्षका १३वटी कन्या थिए । १३वटी सबै कन्याको बिवाहा कश्यप ऋषिका साथ गरि दिएका थिए । ती कन्याहरु मध्ये अदितीका सन्तान जसलाई आदित्य भनियो ।ती १२वटा थिए।विष्णु र ईन्द्र तिनै मध्येका थिए ।दितीका सन्तानहरुलाई दैत्य भनियो। हिरण्यकश्यप, हिरण्याक्ष र होलीका तिनै दितीका सन्तान थिए। अदितीका छोरा विष्णुले आफुलाई भगवान घोषणा गरे। हिरण्य कश्यपले यो कुरा स्वीकार गरेनन र उनले भने तिमी मेरै सानीमाको छोरा हौ।म तिमीलाई भगवान मान्दिन। यश प्रकारको विरोध चलिरहेको थियो। त्यसै क्रममा विष्णुले मदिरामा लठ्याएर
    प्रह्लादलाई आफ्नै बाबुको विरुद्ध प्रयोग गराउन थाले। त्यति वेला पनि मदिरा पान खुब चल्थ्यो भन्नेकुरा यजुर्वेदको श्लोक १९-७-९मा उल्लेख गरिएको छ, जौलाई तीन दिन सम्म पानीमा सडाएर राख्नाले त्यो मदिरामा परिणत हुन्छ। जसलाई ईन्द्र लगायतले पिउने गर्दथे।

    मदिरामा लठ्ठीएर आफ्नै विरुद्ध लागेको छोरा प्रह्लादलाई हिरण्य कश्यपले घर निकाला गरेका थिए। तर होलिकाले
    आफ्नो भदै प्रह्लादलाई धेरै माया गर्थिन , लुकाइ -लुकाई खाना कपडा दिने गर्थिन। होलिकाको विवाह हुने भयो। विवाहको पुर्वशन्ध्यामा भदैलाइ भेट्न दरवार बाहिर निस्किइन। खोज्दै जादा मदिरामा लठ्ठीएका विष्णुका पक्षधरहरु संगै प्रह्लाद पनि केतमा पल्टिएका थिए। मदिरामा लठ्ठीएका हरुले सुन्दर महिलालाई देखेपछी काम वाशनाले आतुर भएर होलिकालाई उनी वेहोश नहुदा सम्म सामुहिक वलत्कार गरे।त्यति वेला आर्यन पुरुषहरुलाई जुनसुकै महिला संग सहवास गर्ने छुट थियो। भन्ने कुरा अथर्ववेदको श्लोक ६-७-७०मा उल्लेख छ। वेहोस भएकी होलिकालाई मृत ठानी जलाइयो। यो कुरा हिरण्यकश्यपले थाहा पाए पछि अपराधिहरुलाइ गिरफ्तार गरि तिनिहरुलाई लज्जित गराइ शहर घुमाउने निर्णय गरियो। ती अपराधीको निधारमा तलवारले “अबीर” लेखियो। अपराधीको निधारबाट रगत बग्यो। “अबीर”को अर्थ बीरको उल्टो कायर भन्ने हुन्छ। यसरी निधारमा कायर लेखेर अपराधीहरुलाई शहर बजार घुमाउदा आम जन मानसले घृणा गर्दै तिनिहरु माथी हिलो ,गोबर , फोहोर पानी र कालो मोसो फालेका र दलेका हुन।

    भारतीय संविधानका मस्यौदाकार डाक्टर भीमराव अम्वेडकर र उनका समर्थकहरुले पनि उपरोक्त डाक्टर सितम कै भनाइ
    जस्तै धारणा राख्दछन। जुन “तिस्री आजादी” नामक अनलाइनमा धेरै ठाउँमा उल्लेख छ। उनीहरुको तर्कछ, हिरण्य कश्यपले प्रह्लादलाई मार्न चाहेको भए उ राजा थियो, उस संग सेना थिए , तलवार थिए फाँसी दिन सक्थ्यो, तलवारले काट्न सक्थ्यो र उसलाई मात्र जलाउन
    सक्थ्यो । यो सब नाटक मात्र हो।
    उपरोक्त तर्क माथी विचार गर्दा हमीहरुले पनि वास्तविकता नबुझिकन हल्लैहल्लाको पछि त लागि रहेका त छनौ? निर्दोष महिला माथिको पाशविक बलात्कार र बीभत्स
    हत्यालाई जायज ठान्ने अक्ष्म्य गल्ती त गरिरहेका छैनौ?

    प्रतिकृया दिनुहोस्