News Portal

सत्तारुढ गठबन्धन शीर्षनेताहरु चितवनमा आज आमसभामा नेताहरुले सम्बोधन गर्दें

जनगर्जन संवाददाता
३३८ पटक

 

२२ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धन पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी आमसभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चनावी आमसभालाई सम्बोधन गर्न गठबन्धन दलका शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ । भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।

भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ । जसरी पनि एमाले हराउने दाउमा रहेका गठबन्धन दलका शीर्षनेताहरु चितवन केन्द्रीत भएका हुन ।

 

 

प्रतिकृया दिनुहोस्