News Portal

समाजवादी मोर्चाको आवश्यकता छैन – राम कुमारी झाक्रि

जनगर्जन संवाददाता२०८२ जेठ १६
८० पटक

बाँके । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले साना दलहरू मिलेर बनाइएको समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न उठाएकी छिन ।

कोहलपुर–११ स्थित ट्री टप रेस्टुरेन्ट एन्ड कफी हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले भनिन, “यदि एउटै मोर्चाबाट एक हुन सकिन्छ भने एउटै पार्टी बनाए भइहाल्यो नि,अलग–अलग पार्टी रहँदै बलियो छौं भनेर देखाउन मोर्चा बनाउनु आवश्यक छैन।”

उनका अनुसार, मोर्चाको नाममा केवल बैठक बस्ने, फोटो खिच्ने र वक्तव्य दिने कार्यले समाजवादको अभ्यास सम्भव छैन,। “वास्तविक एकता र विचारको समन्वय विना मोर्चा निर्माण गर्नु केवल देखावटी हो,”।

झाँक्रीले नेकपा एकीकृत समाजवादी पार्टी वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सशक्त र शान्तिपूर्ण आन्दोलनमार्फत जनअपेक्षाको प्रतिनिधित्व गर्न तयार रहेको बताउदै पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको र मिशन ०८४ भन्दा बाहिर पनि निरन्तर जनताको पक्षमा दैनिक पार्टी बनाउने मिशनमा हिडेका योद्वाहरुलाई मिशन दैनिक नै क्रियाशील रहने जानकारी दिएकी छन ।

प्रतिकृया दिनुहोस्