जनगर्जन संवाददाता२०८१ पौष १३
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको छैटौं केन्द्रीय समिति बैठकका निर्णयहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।
नेकपाको गत मङ्सिर २७ गते देखि पुस २ गते सम्म सम्पन्न भएको नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको हो । नेकपाले यही पुस १६ गते जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्न लागिएको नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन ।
उनका अनुसार पत्रकार सम्मेलन अपरान्ह १ बजेवाट सुरु हुने र सहभागिताका लागि सबै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको बताए ।