News Portal

समाजवादी मोर्चाले प्रतिगामी षड्यन्त्रविरुद्ध विरोधसभा गर्ने

जनगर्जन संवाददाता२०८१ फाल्गुण २७
१३९ पटक

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आगामी चैत १५ गते प्रतिगामी षड्यन्त्र विरुद्ध विरोध सभा गर्ने निर्णय गरेको छ । आज (मंगलबार) नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता एवम् मोर्चा सचिवालय सदस्य प्रकाण्ड सीले बताए ।

नेता प्रकाण्डका अनुसार चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया एवं परामर्श बैठक बस्ने, दिउँसो पत्रकार सम्मेलन र सोही दिन मोर्चाको बैठक बस्ने निर्णय भएको छ । समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ ।

उनले भने,२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत गरिराखेका छन् । यसलाई हामीले गम्भीर प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ । वस्तुनिष्ट ढंगले विश्लेषण गरेको छौँ । षड्यन्त्रबारे गम्भीर समीक्षा गरेको छौँ’,यो हाम्रा लागि सह्य बिषय होइन´ ।

प्रतिकृया दिनुहोस्