जनगर्जन संवाददाता२०८२ साउन १४

काठमाडौ । हामी गहिरो दुःख र स्तब्धताका साथ जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा काठमाडौं उपत्यका प्रदेश संयोजक श्री साहस भट्टज्यूका पूजनीय पिता श्री नन्द प्रसाद भट्टज्यूको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
गोर्खा जिल्ला, गण्डकी गाउँपालिका–४ निवासी भट्टज्यूको लामो समयदेखि उपचाररत रहँदा मंगलबार दिउँसो २ बजे आफ्नै निवासमा निधन भएको खबरले हाम्रो संगठनलाई अत्यन्त मर्माहत तुल्याएको छ।
यो शोकको घडीमा हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार साहस भट्टज्यू र उहाँको सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।
शोकलाई शक्तिमा बदल्दै स्व. नन्द प्रसाद भट्टज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
