News Portal

नेपाललाई एउटा परिवर्तन चाहिएको छ :- विप्लव सी

जनगर्जन संवाददाता२०८१ पौष ९
७९ पटक

काठमाडौ । अखिल (समाजवादी) केन्द्रीय समितिको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा महासचिव विप्लव सीले अहिलेको अवस्थामा देश नेतृत्वबिहिन भएको छर देशलाई एउटा परिवर्तन चाहिएको छ त्यो परिवर्तन भनेको स्थीरतातरफै लैजाने हो अर्थात देशलाई अब समाजवादमा लैजान आवश्यक रहेको बताएका छन ।

अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीको अध्यक्षतामा र नेकपाका महासचिव विप्लव सीको प्रमुख प्रमुख आतिथ्ययतामा चितवनमा बैठक सम्पन्न भएको हो । बैठकमा सबै केन्द्रिय पदाधिकारी ,सचिवालय तथा केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त बैठकलाई सम्बोधन गर्दै उनले भने,देशलाई दुख परेको बेला, जनतालाई दुःख परेको बेला, सबैतिर हैरानि बेचैनि बढेको बेला देशलाई, जनतालाई काध थाप्ने र बाटो देखाउने शक्ति चाहिन्छ । देशलाई यस्तो अबस्थामा छोड्न नहुने भन्दै उनले भने यो अबस्थालाई काध दिने पालो अब युवा विध्यार्थीहरुको जिम्मेवारी रहेको हुँदा सशक्त रुपमा लाग्नुपर्ने बेला आएको बताएका छन । अब हामी सबै मिलेर देशमा विकासको स्थापना र निकासको बाटो खोज्न आबश्यक रहेको बताएका छन ।

चितवन भनेको एउटा आन्दोलनको केन्दबिन्दु हो ।आन्दोलनको हिसाबले ठुलो योगदान छ । यो क्षेत्रमा परिवर्तन आउनुमा यहाका युवा विध्यार्थीको ठूलो योगदान रहेको समेत बताएका छन। चितवन भनेको ठूलो संघर्षको केन्दबिन्दु हो । चितवनले धेरै यस्ता व्यक्तिहरु जन्माएको छ जसले देशलाई परिवर्तनको दिशातर्फ लगेको छ ।

यसै क्रममा उनले भने,राजनितिमा अलिअली परिवर्तन त भयो तर जनता सन्तुष्ट हुने परिवर्तन अझै आएको छैन । हुनेसित अरबौ खरबौ छ कहाँ राखौ के गरौ भैराछ नहुनेलाई आज पनि के लाउ के खाउ भन्ने समस्या छ त्यसैले हामी सबैको चाहना के हो भने अहिले देशलाई एउटा समाजवादको आवश्यकता छ त्यो एक्लैले ल्याउन नसकिने हुँदा हामी सबै मिलेर अब समाजवादको स्थापना गर्नमा लाग्नुपर्ने बताएका छन ।

प्रतिकृया दिनुहोस्