News Portal

संघीय लोकतान्त्रिक मोर्चाको बैठक निर्णयविहीन, आइतबार पुनः बस्ने तयारी

जनगर्जन संवाददाता२०८२ आषाढ १२
२२ पटक

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बिहीबार बसेको बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ । नागरिक उन्मुक्ति पार्टीले बोलाएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको थियो ।

रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ र विविध विषय बैठकको मुख्य एजेण्डा रहेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशव झाका अनुसार बैठकले कुनै निर्णय लिन सकेन र आगामी आइतबार पुनः बस्ने सहमति भएको छ । उनले भने, “आ-आफ्नो पार्टीभित्र छलफल गरी आइतबार बस्ने बैठकले निर्णय लिने तयारी छ ।”

बैठकमा जसपा नेपालका उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, रामकुमार शर्मा, नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, सिएन थारू, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीका अब्दुल खान, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन तथा तमलोपा नेता बृजेशकुमार लाल र ब्रजकिशोर सिंह सहभागी थिए ।

आइतबार बस्ने बैठकपछि मात्रै मोर्चाको भावी कार्यदिशा स्पष्ट हुने नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्