जनगर्जन संवाददाता२०८२ आषाढ १३

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो।
अघिल्ला दिनहरूमा प्रायः बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने सिंहदरबारमा बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि मन्त्रिपरिषद्ले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्न लागेको बताइएको छ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तावित ऐन, नियमावली, नीतिगत निर्णय तथा विभिन्न नियुक्तिसम्बन्धी विषयहरूमा छलफल र निर्णय हुने सम्भावना छ।