कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अहिले साम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध बृहत् मोर्चाबन्दी अपरिहार्य रहेको बताएका छन् ।पार्टी केन्द्रीय समितिको छैटौं बैठकमा सोमबार प्रशिक्षण मन्तव्य राख्दै प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि मोर्चा जरुरी रहेको बताएका हुन।
“अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अबरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ -“कपिलवस्तुमा जारी केन्द्रिय समिति बैठकमा बोल्दै प्रकाण्डले भने -“यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य छ, हामी त्यो दिशामा अघि जान्छौं ”
मन्तव्यको क्रममा उनले अमेरिका अहिले सैन्य हिसाबले समेत रक्षात्मक रणनीति अबलम्बन गर्न बाध्य भएको र बहुध्रुबीय बिश्वको चरित्रले उसको ९०को दशकको जस्तो आक्रामक रणनीति अब संभव नरहेको बताए।
त्यस्तै प्रवक्ता प्रकाण्डले आफूहरुले पार्टी र नेतृत्वको सोचलाई प्रयोगमा लिने र प्रयोगका आधारमा नयाँ संश्लेषण गरेर अगाडि बढेको भन्दै अब नेपालबाट बिचारको उच्चतामा संश्लेषण गर्नुपर्ने बताए।
बिचार संष्लेशण नेकपा मात्रैको मामिला नभई क्रान्ति , बर्ग र विश्व कम्युनिस्ट आन्दोलनको सवाल भएकोले नेपाल कम्युनिस्ट पार्टीले यसबारे अन्तरास्ट्रिय रूपमा समेत खुल्ला बहस गरेर अघि बढ्न चाहेको बताए।
नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको आर्थिक उत्पादन अभियानले बुद्धिजीवी , व्यापारी ,उद्योगी लगायत आम जनतामा उत्साह पैदा गरेकोले अब आर्थिक मोर्चाबाट राजनीतिक मोर्चालाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको प्रबक्ता प्रकाण्डको भनाइ थियो ।