News Portal

नेकपाको छैठौं पुर्ण केन्द्रीय समिति बैठक कपिलवस्तुमा सुरु

जनगर्जन संवाददाता२०८१ मंसिर २७
१५२ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैठौं पूर्ण बैठक पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा बिहिवार देखि सुरु भएको छ । ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ !!’ भन्ने शीर्षकमा महासचिव विप्लव सीले १७ पेज लामो राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

आजको बैठकमा महासचिव विप्लव सीले प्रतिवेदन प्रस्तुत गरेपछि आफ्नो मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा महासचिव विप्लव सीले यो बिचमा पार्टी देशको वास्तविक प्रतिनिधि रहेको र पार्टीले चौतर्फी मोर्चा खोलेर नयाँ सफलता हासिल गरेको दाबी गरे ।

महासचिव विप्लव सीले आफ्नो पार्टीले सबै माओवादी शक्तिहरूसँग एकताको हात अगाडि बढाएको तर ती पार्टीहरू एकताका लागि जिम्मेवार नभएको जिकिर गरे ।

नेपालमा सबै पार्टीहरू असफल भएको र विकल्पको रूपमा आफ्नो पार्टी मात्र रहेको उनले बताए ।

महासचिव विप्लव सीले आउँदो निर्वाचनलाई क्रान्तिको मोर्चाको रूपमा आफ्नो पार्टीले उपयोग गर्ने र त्यसका लागि आफ्नो केन्द्रीय नेताहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
महासचिवको प्रस्तावमाथि भोलि केन्द्रीय समितिका सदस्यहरूले रिपोर्ट राख्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्