News Portal

बैजनाथ गाउँपालिकाको भुक्तानी र निकासा असार १० तोक्यो

जनगर्जन संवाददाता२०८२ जेठ १९
१४३ पटक

बैजनाथ, बाँके । बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसँगै भुक्तानी तथा निकासा कार्य बन्द हुने जानकारी गराएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७६ को नियम ३० अनुसार भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार गाउँपालिकाले यहि असार ९ गतेदेखि भुक्तानी तथा निकासा कार्य बन्द गर्ने निर्णय गरेको हो।

गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “स्थानीय तहको सङ्गन कोष व्यवस्थापन प्रणाली (SUTRA) मार्फत भुक्तानी प्रक्रिया बन्द हुन गइरहेकोले सम्बन्धित व्यक्ति, संस्था, निर्माण व्यवसायी, उपभोक्ता समिति, विद्यालय तथा सरोकारवालाहरूले आवश्यक तयारी गर्न सूचित गरिन्छ।”

यस सूचना अनुसार २०८१ असार ९ गतेभित्र पूरक कागजातसहितको भुक्तानी फाइल सम्बन्धित शाखामा पेश गर्नुपर्नेछ। सो म्यादपछि पेस गरिने फाइलहरू स्वीकृत नहुने स्पष्ट गरिएको छ।

वरिष्ठ लेखा अधिकृत पूर्ण प्रसाद जैसी र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको संयुक्त हस्ताक्षरमा जारी भएको उक्त सूचनामा समयमा काम सम्पन्न नगरेमा सेवा प्रवाहमा समस्या आउन सक्ने भन्दै सबै सरोकारवाला उपभोक्ता समिति निर्माण ब्यवसायी संघ संस्था लगाएत स्थानीयलाई समयमै प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्