News Portal

  • ४ घन्टासम्म पनि उडन सकेन बुद्ध र यति एयरलाइन्सको उडान

    जनगर्जन संवाददाता२०८१ आश्विन १६
    १६२ पटक

    भैरहवा ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा  भैरहवा देखि काठमाडौ र काठमाडौ देखि भैरहवा सम्म उडान भर्नुपर्ने बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडान ४ घण्टासम्म पनि उडान लिन सकेका छैनन ।

    बिहान ११.२० को BHA -853 बुद्ध एयर र बिहान १०.३० को NYT-873 यति एयरलाईन्स र १२.४५ को SHA-825  को श्री एयरलाइन्सको जहाज अहिलेसम्म दुबै तर्फबाट उडन सकेका छैनन । मौसम अनुकुल भएपनी जहाज के कति कारणले उडन सकेन त्यो कारण भने अहिलेसम्म खुल्न/ खुलाउन यहाँको व्यबस्थापन टिमले सकेको छैन भने यात्रुहरु अहिलेसम्म जहाजमै रहेको उनिहरुको आफन्तले जनगर्जन टिमलाई जानकारी गराएको छ ।

    हामिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा जिएम प्रताप बाबू तिवारी संग कुरा गर्न खोज्दा उहाँले यो विषयमा खासै चासो नदिईकन ठाडो रुपमा केही समयमा आउँछ भनेर कारण खुलाउन मानेनन् ।

    अहिले यहाँ प्रस्थान कक्ष यात्रुले भरिभराउ छ भने आगमन कक्ष सुनसान रहेको छ । यो विषयमा प्रशाशन पक्ष मौन रहेको छ यसको आधिकारिक जानकारी दिने निकाय कुन हो त?

    अहिलेसम्म   पोखरा काठमाडौ  बाट  भैरहवा आउने ११ वटा जहाज Delay   भएका छन।

    प्रतिकृया दिनुहोस्