News Portal

  • काठमाडौँको आकाशमा कतार एयरवेजको पाँच फन्को लगाएर अवतरण

    जनगर्जन संवाददाता२०८१ आश्विन ११
    १०१ पटक

    काठमाडौँ । हिजोदेखी परेकोबठुलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि मात्र अवतरण गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत अन्य कारणले उडान र अवतरणमा फरक पर्न जान्छ ।

    अन्य विमानहरू भने नियमित रूपमै उडान, अवतरण गरिरहेका छन् । भिजिबिलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् ।

    प्रतिकृया दिनुहोस्