News Portal

  • समाजवादी मधेसी मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन फागुनमा हुने

    जनगर्जन संवाददाता२०८१ भाद्र २५
    ७३ पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध समाजवादी मधेसी मुक्ति मोर्चाले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।मङ्गलबार कपिलवस्तुको शिवनगरमा सम्पन्न मोर्चाको दोस्रो भेलाले यस्तो निर्णय गरेको नेकपा स्थायी समिति सदस्य एवम् जातीय -क्षेत्रीय मोर्चा प्रमुख विषम सीले जनाएका छन् ।

    मधेसमाथि भैरहेको वर्गीय  र जातीय मुक्तिका लागि दलाल पुँजीवादको अन्त्य र समाजवाद स्थापनाको प्रमुख उदेश्य सहित निर्माण गरिएको समाजवादी मधेसी मुक्ति मोर्चाले, पुर्व सासद बिनाेद उपाध्यायकाे संयाेजकत्वमा १७ सदसीय राष्ट्रिय  सम्मेलन आयाेजक समिति घाेषणा गरेको छ ।

    त्यस्तै भेलाले माघ मसान्तसम्म सबै जिल्लाहरुमा भेला, सम्मेलनहरु सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ।

    प्रतिकृया दिनुहोस्