News Portal

  • अराजक समाज समाजवादीहरुले बदल्नुपर्छ : विप्लव

    प्रकाश डुम्रे २०८१ साउन २६
    १२७ पटक

    कपिलवस्तु/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अराजक तथा अस्तव्यस्त समाज समाजवादीहरुले बदल्नुपर्ने बताएका छन् ।
    नेकपाको केन्द्रीय कार्यलयमा शनिबारदेखि सञ्चालन गरिएको आधारभुत स्कुलिङ कार्यक्रम उद्घाटन गर्दै विप्लवले सो कुरा बताएका हुन् ।
    कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नेकपाका महासचिव विप्लव सीले अहिलेको अस्तव्यस्त, भद्रगोल र अराजक समाजलाई समाजवादीहरुले बदल्नु पर्नेमा जोड दिएका हुन् । महासचिव विप्लवले कम्युनिस्टहरुको व्यवहार संस्कार कडा मेहनत र सरल जीवन हुनुपर्ने बताए । कम्युनिस्टहरुले जीवन व्यवहारमा लागू गर्नुपर्छ । महासचिव विप्लवले सहि विचार उत्पादन संघर्षबाट आउने समेत बताए । कार्यक्रममा स्कुलिङ विभाग प्रमुख भेषराज सी, पार्टी विपिएम असल सी लगायतको उपस्थिति रहेको थियो ।

    स्कुलिङको कार्यक्रमको अध्यक्षता विजय सी र सन्चालन सिङ्गम सीले गरेका थिए ।
    स्कुलिङमा केन्द्रीय कार्यलयका उपस्थिति रहेको थियोे ।

    प्रतिकृया दिनुहोस्