News Portal

  • अबिरल वर्षाको कारण पहिरोमा परी बागलुङमा ८ जनाको मृत्यु

    दिनेश विकल्प२०८१ साउन २२
    १५१ पटक

    बागलुङ । हिजोदेखी परेको अबिरल वर्षाको कारण बागलुङमा ठूलो मानवीय क्षती भएको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    बडिगाड गाउँपालिका अन्तर्गत वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन। उहाँका अनुसार वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको छ ।

    गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेका छन् । भने वडा ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको पनि मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्