News Portal

  • व्यावसायिको आन्दोलनले यातायात ठप्प, अहिलेसम्म ४ जना पक्राउ

    जनगर्जन संवाददाता२०८१ साउन १३
    १२० पटक

    काठमाडौ । गण्डकी प्रदेश सरकारले राइडिङ सेयर सम्बन्धि कार्यविधि लागु गर्न लागेपछि सार्वजानिक यातायात ठप्प भएका छन् ।

    महासंघले आन्दोलनको घोषणा गरेसँगै आज पोखरामा पत्रकारमाथि दुव्र्यवहार गर्दै सार्वजानिक गाडी तोडफोड गर्दा चार जना पक्राउ परेका छन् ।

    सार्वजानिक यातायात बन्दभएपछि रिर्पोटिङका लागि पुगेकी पत्रकार विना मर्साङ्गी मगर र सुरज थापामाथि दुव्र्यवहार भएको हो । विहानै देखी सडक आन्दोलनमा उत्रिएका व्यवसायीले पृथ्वीचोकमा कालो नम्बर प्लेटका सवारीलाई चल्नमा रोक लगाइरहेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले ट्याक्सी चालक पोखरा महानगरपालिका-९ शान्तिबनका ४१ वर्षीय सुर्यबहादुर नेपाली, लम्जुङ सुन्दरबजार नपा-१ कुन्छा घर भई हाल पोखरा-५ जिरो बस्दै आएका २८ वर्षिय सन्तोष बस्नेत, गोरखा घर भई पोखरा-९ पृथ्वीचोक बस्दै आएका ३३ वर्षिय बुद्धि बहादुर बयलकोटी (मजदुर) र बसका सहचालक पोखरा-१६ लामाचौरका १६ वर्षिय प्रशान गुरुङ पक्राउ परेका हुन् ।

    प्रतिकृया दिनुहोस्