News Portal

नेकपा डोटीद्वारा ५ सय बेर्ना सुन्तला वृक्षारोपण

जनगर्जन संवाददाता२०८१ साउन ७
३१८ पटक

डोटी/ नेपाल कम्युनिस्ट पार्टी डोटीले ५ सय बेर्ना सुन्तला वृक्षारोपण गरेको छ।जिल्लाको बडीकेदार गाउँपालिका वडा न३को बिठारामा सुन्तला बेर्नाको वृक्षारोपण गरिएको नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बिमलले जानकारी दिएका छ्न।

नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत पार्टीका नेताकार्यकर्ता र पार्टीको आत्मनिर्भरताको उदेश्य अनुसार नेकपा डोटीले सुन्तला वृक्षारोपण गरेको बताइएको छ।नेपाल कम्युनिस्ट पार्टीले सुदुरपश्चिमका तराईका जिल्लाहरुमा धानखेती गरिरहेको छ भने पहाडी र मध्य पहाडका जिल्लामा फलफुल, तरकारी खेती, बाख्रापालन लगायतका नगदे बालीको सामुहिक ढङ्गले उत्पादन गरिरहेको छ।

डोटी जिल्ला सुन्तला उत्पादनका हिसाबले सुदुरपश्चिमकै निकै राम्रो संभावना भएको जिल्ला मानिन्छ भने त्यहाँबाट उत्पादित सुन्तला रसिलो, मीठो हुनुका साथै धनगढी, नेपालगन्ज, काठमाडौ र भारतका सिमा क्षेत्रमा समेत बिक्रि बितरण हुने गरेको स्थानीयहरु बताउँछन्

प्रतिकृया दिनुहोस्