News Portal

  • नेपाल कम्युनिष्ट पार्टी कैलालीद्वारा मुनिर खानको जग्गा कब्जा गरी मास छरीयोे

    धिरज प्रपाला२०८१ साउन ६
    ७६ पटक

    कैलाली ,साउन ०६ धनगढी । नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके शेख मुनिर खान अहमेदको जग्गा कब्जा गरी मास छरेको छ ।

    आत्म निर्भर पार्टी र आत्म निर्भर कार्यकर्ता बनाउन देश ब्यापी रुपमा श्रमसंग जोडीएको नेकपा कैलालीले मीटर ब्याजका नाईके शेख मुनीर खान महोम्मदले ठगी गरी लिएको १० कट्टा जमीनमा मास छरेको हो । कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर ७ देवहरीयाका भोज बहादुर विकको १० कट्टा जमीन ठगी गरी लिएका शेख मुनीर खान महोम्मदको उक्त जमीन नेकपाले कब्जागरी मास छरेको हो । यस अघि गत बर्ष नेकपा कैलालीले उक्त जमीनमा धान रोपेको थियो ।

    नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य देव सिको नेतृत्वमा आईतबार पार्टीको झण्डा गाडेर मास छरिएको हो । उनले पार्टीले केलालीमा ६ विगाहमा धान खेती गरेको बताउदै धनगढीमा दालका लागी मास छरिएको बताए । अन्य क्षेत्रमा भाडामा जमीन लिएर रोपाई गरिएको बताउदै उनले धनगढीमा मीटर ब्याजका नाईके शेख मुनीर खान अहमेदले ठगी गरेको जमीन कब्जा गरी मास छरेको बताए । उनले पार्टीको न्याय विभागमा परेको उजुरीको आधारमा पटक पटक सच्चिने मौका दिदा पनि जनतालाई दुख दिने काम गरेकाले गत बर्ष देखि उक्त जमीन कब्जा गरिएको बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ल सचिव सरोज सिले लामो समय देखि कैलालीका सर्बसाधारणलाई मीटर ब्याजमा फसाउदै घर न घाटको अबश्थामा पुर्याउने मीटर ब्याजका नाईके मुनिर खानले सर्बसाधारणलाई दुख दिने कार्य गर्दै आएको उजुरीका आधारमा कारबाही स्वरुप एक बर्ष अगाडी देखि जग्गा कब्जा गरिएको बताउदै त्यसैको निरन्तरतामा झण्डा गाडीएको बताए । उनले लामो समय देखि खानलाई सुध्रिने मौका दिदा पनि नसुध्रिएकाले कब्जा जगा कब्जामै रहने बताए । सयौं जनतालाई घरवारविहीन बनाएर कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदले धेरैको जग्गा हडप्ने काम गरेको बताए । उनले कब्जा गरिएको उक्त जमीनको स्वामित्व पनि पीडित जनतामै रहने जानकारी गराए । जिल्ला सचिव सरोज सिले कब्जा जमीनमा पहिले धान रोपाई गरेको बताउदै अहिले मा छरेको बताए ।

    उनले उक्त जमीनमा पार्टी कार्यालय समेत निर्माण गरिने बताए । उनले जनताले पार्टीलाई सहयोग गरेको बताउदै उत्पादन कार्यलाई महत्वकासाथ लिएर उत्साहका साथ पार्टीका नेता कार्यकर्ता श्रम्मा जुटेको बताए । उनले लामो समय देखि कैलालीका सर्ब साधारण नागरिकहरुको जमीन पास बन्दकीको नाम्मा कब्जा गर्दै आएका खानको जग्गा कब्जा गरिए पछि पीडित पक्ष खुसी भएका छन । मीटर ब्याज पीडीत धनगढी उपमहानगरपालकिा वडा नम्बर ७ देबहरीयाका भोजराज विश्वकर्माले खानकै कारण आफुले आत्म हत्या गर्न समेत पुगेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले साथ दिएको बताउदै अहिले सम्म बाँचन सफल भएको बताए । पैतिस लाख कर्ज थियो, त्यही कर्ज तिर्न र ब्यापार गर्न भनेर ११ कट्टा जमीन धितो राख्न खोजे तर कारोबार नहुँदा धितो पाईन उनले भने । शेख मुनिर खानले ६ लाखमा धितो राखेको पूर्जा ६ लाख साँवा र १८ हजार ब्याज चुक्ता गरेर प्रलोभनमा पारेको बताउदै उनले ८० लाखको कागजमा हस्ताक्षर गराएर करोडौको १० कट्टा जमीन कब्जा गरेको बताए । उनले एक सुको पनि नपाएको बताउदै धनगढीको चौराहमा रहेको बागेश्वरीमा ५ लाखमा दृष्टिबन्धक राखिएको लालपूर्जा ६ लाख १८ हजार तिरेर आफैले कुम्ल्याएको बताए । नता जग्गा पाए नता पैसा उनले भाव विहबल हुदै भने । त्यसैगरी उनकी श्रीमती आरती देबी विश्वकर्माले जमीन लुट्ेको बताउदै धम्की दिने गरेको बताईन । खानले कैलालीका कयँौ सर्बसाधारणलाई घर न घाटको बनाएका छन । खान विरुद्ध नेकपाको न्याय विभागमा उजुरी दिन आउने पीडितहरुले कारबाहीको माग गर्दै बाच्ने आधार बनाई दिन आग्रह गर्ने गरेको नेकपाका कैलाली सचिव सरोज सिले बताए ।

    प्रतिकृया दिनुहोस्