News Portal

  • तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

    जनगर्जन संवाददाता२०८१ आषाढ ४
    १२२ पटक

    काठमाडौ । तनहुँमा जङ्गलमा उम्रेको जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् ।

    आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क वनबाट त्यहीँका स्थानिय ५४ वर्षीय डिलबहादुर गुरुङले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरुका परिवार बिरामी परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्