News Portal

  • जनगायक हिमशिखर सी सम्मानित

    विनित कुमार तिरुवा२०८१ जेठ ५
    २४६ पटक

    जेठ ५, काठमाडौ । जनसांस्कृतिक महासङ्घले जनयुद्धका जनगायक तथा संगीतकार हिमशिखर सी लाई सम्मान गरेको छ।

    महासङ्घको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा कालिकोट पचालना २ हाल सुदूरपश्चिम प्रदेश कैलाली लम्की चुहानगरपालिका मा बस्दै आउनुभएका हिमशिखर सी लगायत ११ जना कलाकार तथा साहित्यकारलाई सम्मान गरेकाे हाे ।

    सुदुर पश्चिम प्रदेशकाे धनगढीमा सम्पन्न भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रलले सम्मान सहित दाेसल्ला ओढाएर सम्मान गरेको छन । जनकलाकार तथा संगीतकार हिमशिगर सी ले जनयुद्धकालमा आफ्ना गीत तथा संगीत र स्वरको माध्यमबाट सेती महाकाली र भेरी कर्णालीका बस्तीलाई जनयुद्धमय बनाउदै गीतका माध्यम्बाट जनचेतना जगाउदै पहिलो पटक संगठन सुढृट तथा विस्तार अभियान लिएर सुदूरपश्चिममा प्रवेश गरेका थिए।

    जनयुद्ध काे क्रममा हिमशिखर सी ले दर्जनौं गित संगित लेख्दै संगित लयबद्व गरि आफ्नै स्वरमा गाउदै जनता काे मन जित्न सफल भएका हुन। सुमधुर स्वरका धनि हिमशिखर सी ले लेखेकाे गित “रगतका मसिले रक्त सलाम” भन्ने गित लाई त्यति बेलाका सुप्रिम कमान्डर जनयुद्धका नायक अध्यक्ष प्रचण्डले समेत धन्यवाद दिएका थिए । सम्मानित हिमशिखर सी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाको ईन्चार्ज रहेका छन ।

    प्रतिकृया दिनुहोस्