News Portal

  • नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

    जनगर्जन संवाददाता२०८१ बैशाख २३
    ८३ पटक

    धिरज प्रपाला, बैशाख २३ धनगढी । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश सम्रचनामा गईसके पछि आईतबार कैलालीको धनगढीमा नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले एमसिसि देखि भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने,सिमानाकामा हेल्पडेस्क स्थापना गरी जनताको सेवा गर्ने,जनसरोकारका विषयमा काम गर्ने, जनताको घरदैलोमा गएर भेटघाट तथा संगठन सुदृढ र संगठन विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ । सुदूरपच्मि प्रदेशका समस्या समाधान गर्न सेती लोकमार्ग र महाकाली करीडोर निर्माणका लागी दबाब दिने निर्णय गरिएको पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भरत सीले जानकारी गराए । उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको न्यायका पक्षमा आवाज उठाउने निर्णय गरेको जानकारी गराए । त्यसैगरी सुदूरपश्चिम प्रदेश पार्टीले बेबसाईड बनाएर पार्टीका नेताकार्यकर्ताहरुको विवरण राख्ने र जनताका गुनासाहरुलाई समेटेर बनाइएका सामाग्रीहरु राखीने निर्णर्य गरिएको समेत जानकारी गराए । स्थायी समीती सदस्य भरत सीले जातीय छुवाछूत, बोक्सीको आरोपमा कुटपीटका घटना विरुद्ध आन्दोलन गर्ने र लागु औषध रोकथामका लागी सक्रिय भूमीका निर्बाह गर्ने निर्णय गरिएको जानकारी गराए । उनले समाजबादी मोर्चाको माध्यामबाट कम्युनिष्टहरुको एकताको पहल भई रहेको बताउदै विचार ,कार्यदिशा र कार्यक्रम मील्नेहरुसंग एकताको पहल भई रहेको बताए । उनले निर्बाचनलाई उपयोग गर्ने बताउदै सत्ताको मातमा लपत्ता हुनेगरी नभई क्रान्तीको मोर्चाको रुपमा निर्बाचनमा जाने बताए । उनले जनताको विचमा गएर उनीहरुका पीडालाई बुझेर संगठन निर्माणमा लाग्न ३ महिने अभियानको सुरुबात गरिने बताए । उनले यही बैशाख २५ गते अभियानको उद्घाटन गर्ने बताउदै अन्र्तक्रिया, पालीका, वडा भेला सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्