News Portal

  • डिभिजन वन कार्यालय बागलुङले सुरक्षाकर्मीलाई दियो अग्नि नियन्त्रण सामग्री

    जनगर्जन संवाददाता२०८१ बैशाख १५
    ६२ पटक

    बैशाख १५,बागलुङ । डिभिजन वन कार्यालय बागलुङले बागलुङको ३ वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) लाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।

    शुक्रबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई वनमा लागेको डढेलो नियन्त्रणका लागि पाँच लाख बराबरको अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो ।

    पछिल्लो समय बागलुङमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले बताएका छन ।

    वन कार्यालयले प्रहरीलाई ब्याक वाटर पम्प आठ थान, फायर सटर चार थान, जम्प सुइट २० थान, फायर हेल्मेट २० र साबेल १४ वटा हस्तान्त्रण गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गुल्म बागलुङलाई ब्याक वाटर पम्प दुई/दुई थान, फायर सटर तीन/तीन थान, जम्प सुइट छ/छ थान, फायर हेल्मेट छ/छ थान र सावेल पाँच/पाँच थान हस्तान्तरण गरेको वन कार्यालय प्रमुख पन्तीले जानकारी दिए

    बागलुङमा आगलागीबाट १२ सय हेक्टर जंगल नष्ट भैइसकेको छ । ३८ वटा सामुदायिक वनमा लागेको आगो अधिकांश नियन्त्रणमा आए पनि अझै केही स्थानमा आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ । जिल्लामा रहेका हरेक प्रहरी चौकी, नेपाली सेनाको गण र सशस्त्रलाई पुग्ने गरी सामग्री वितरण गरिएको पन्थीले उल्लेख गरे ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले वनले दिएको सामग्रीले ग्रामीण क्षेत्रमा आगो नियन्त्रण गर्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । अग्नि नियन्त्रण अभावमा धेरै ठाउँमा आगोले ठूलो क्षति पु¥याएको उनको भनाइ छ । वन डढेलोले जैविक विविधतामा ठूलो असर पु¥याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरी अग्नी नियन्त्रणमा लाग्न बरालले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्