News Portal

  • नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्छ : विप्लव सीनेपालका सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्छ : विप्लव सी

    शोभराज बराल२०८१ बैशाख १०
    १०० पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित ७५औं पार्टी स्थापना दिवसमा अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले पुस्पलालको इतिहास दोहो¥याउनु पर्ने बताएका हुन् ।

    विप्लवले २००६ सालको कम्युनिस्ट पार्टीको इतिहास नेपाल कम्युनिस्ट पार्टीमा आएर जोडिएको बताएका छन् । विप्लवले नेपाल कम्युनिस्ट पार्टीलाई २००६ सालको कम्युनिस्ट पार्टीको तहमा उठाउने जिकिर गरेका छन् ।

    ‘एकचोटी नेपालमा माओवादीको बहस पनि हुन्छ । त्योभन्दा ठूलो बहस कम्युनिस्ट पार्टीमा गर्ने विचार छ ।’, कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘६ सालको कम्युनिस्ट पार्टीमा फर्काउन सकिन्छ छ त ? इतिहासको पुनरावृत्ति होइन ८१ वा ८२ सालमा २००६ सालको स्प्रिडमा बहस गर्न सकिन्छ कि सकिदैन । ठूला ठूला बहसहरुबाट हामीले एउटै कम्युनिस्ट पार्टी बनाउने प्रस्तावमा नेपाललाई घुमाउन सकिन्छ कि सकिन्न ? सकिन्छ ।’

    विप्लवले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताए । ‘नेपालका सबै कम्युनिस्ट जनमतलाई एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ र त्यो क्रान्तिकारी हुनुपर्छ ।’, उनले भने, ‘नयाँ प्रस्ताव लिएर पुष्पलालले खडा गरेको नौलो जनवाद स्थापना गर्ने उद्येश्य लिएको एउटै कम्युनिस्ट पार्टी थियो नि ! अहिले यो विभाजित छ । समाजवाद ल्याउन चाहने सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न सकिन्छ कि सकिदैन ? संयोगले इतिहासले हामीलाई गह्रुङ्गो जिम्मेवारी दिएको छ ।’

    पुष्पलालको इतिहास २०८१ सालमा आएर जोडिएको भन्दै विप्लवले नेकपालाई यसले गहन जिम्मेवारी सुम्पिएको बताए

    प्रतिकृया दिनुहोस्