News Portal

  • नेकपाको स्थायी कमिटी बैठक बस्दै

    जनगर्जन २०८१ बैशाख ३
    ११९ पटक

    बैशाख ३, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज शिवगढी कपिलवस्तु बस्दै छ ।

    बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहित प्रस्ताव पेस गरेका छन् । २० पृष्ठ लामो उक्त प्रस्ताव आइतबार साँझदेखि स्थायी समिति सदस्यहरूले अध्ययन गरिरहेका छन् ।

    बैठकको प्रारम्भमा पार्टी महासचिवले प्रस्तावको भावना (स्पीड) र सारतत्वबारे व्याख्या गरेका छन् । सो प्रस्तावमाथि स्थायी समितिका सदस्यहरू प्रकाण्ड सी, सन्तोष सी, अनिल सी, उमा सी ‘शिलु’, भरत सी र कर्नजित सी ‘शुशिल’ले धारणा राख्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्