News Portal

  • जङ्गलमा आगलागी हुँदा २ घर ५ गोठ जले

    दिनेश विकल्प२०८० चैत्र २७
    ७३ पटक

    चैत्र २७ बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाको १ र २ नम्बरको सिमानामा लागेको आगलागी गाउँमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ ।

    गाउँपालिकाको १ र २ कोे सिमानामा ३/४ दिन अगाडि लागेको आगलागी ताराखोलाको गुराँसे भन्ने बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिनुभयो । चारैतिर जंगल अनि जङ्गलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि हर प्रयास गर्दा पनि बस्ती जोगाउन नसकिएको अध्यक्ष
    घर्तीले बताउनुभयो ।

    नर बहादुर परियारको खरको घर र गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको घर ,खरको गोठ, याम बहादुर परियारको खरको गोठर फुलकुमारी परियारको खरको घर र गोठ आगोले जलेर नष्ट भएको हो ।

    यसैगरी ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो समेत जलेर मरेको स्थानियले जानकारी दिएका छन् ।

    ४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने अहिले सम्म भएको छैन ।

    प्रतिकृया दिनुहोस्