News Portal

  • लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला

    जनगर्जन २०८० चैत्र २५
    ६७ पटक

    चैत्र २५,कपिलवस्तु । कपिलवस्तु जिल्लाको एक सामुदायिक वनमा महिला र पुरुषको शव भेटिएको छ । वाणगंगा नगपालिका २ को लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव भेटिएको छ।

    इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कप्टैया भन्ने स्थानको जङ्गलमा मृत अवस्थामा महिला र पुरुषको शव भेटिएको हो ।

    मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णुप्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका– ५ निवासी ४५ वर्षीया यमकला राना रहेको उनको भनाइ छ । उनीहरूको शव नजिकै सल्फास नामक विषादीको पोकासमेत फेला परेको छ ।

    मृतक दुवै जनाले विषादी सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्