News Portal

  • युवा संगठन नेपालको छैठौं जिल्ला सम्मेलन बागलुङको गलकोटमा समपन्न

    जनगर्जन संवाददाता२०८० चैत्र ४
    १०४ पटक

    सुधन विश्वकर्मा
    बागलुङ – बागलुङको गलकोटमा युवा संघसंगठनको छैटौं जिल्ला सम्मेलन समपन्न भएको छ ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सी ले नेपालमा पुँजीवादी व्यवस्थाको कारण केही मान्छेहरु मोटाउदै गएको र जनताहरु झन गरिब हुँदै गएको कारण यो पुजीवादी ब्यबस्थाको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद ल्याउदा जनताको हित हुने र अबको समयमा आबस्यकता भएको बताउनु भएको छ ।


    नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल बागलुङले गलकोटमा आयोजना गरेको संगठनको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पिबिएम विकिरण सी ले यो देशमा शिक्षामा सबैको पहुँच हुनुपर्ने कुरामा जोड दिएका छन । त्यसको लागि शिक्षा सरल र वैज्ञानिक हुनुपर्ने आवश्यकता औँल्याएका छन ।

    देश आर्थिक रुपमा टाँट पल्टिरहेको भन्दै पुराना पार्टी र पुराना नेता बाट अजै पनि आस गरेर बस्नेहो भने चाल्नोमा दुध दुएको जस्तैः हुने उहाँ ले बताए ।उनले थपे प दलाल पूँजिवादको आफनो व्यवसाय उद्योग नहुने हुँदा देशमा रहेका ठुला पार्टीहरुका कारण कमिसन र भष्ट्रचारलाई मौलाईरहेको ठोकुवा गर्दै यसको समाधानको निम्ति देशमा एउटा आन्दोलन र संघर्ष आवश्यक रहेको बताउनुभयो । उहाँले मुठ्ठीभर मानिसको हातमा पैसा गईरहेकोले नागरिक चरम आर्थिक मन्दीमा फसिरहेको भन्दै सचेत बन्न आग्रह गरेका छन ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सी का वैकल्पिक केन्द्रियसदस्य आकास सि, नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय प्रतिनिधी तथा बागलुङ जिल्ला सेक्रेटरी उत्तम सी र युवा संगठन नेपालका केन्द्रिय सचिव विश्लेषण सी ले शुभकामना मन्तव्य राखेका थिए ।

    युवा संगठन नेपालको छैठौं जिल्ला सम्मेलनबाट पुनः सुन्दर सी को अध्यक्षतामा २५ सदस्यीय युवा संगठन नेपाल जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रम युवा संगठन नेपाल बागलुङ जिल्ला कमिटी अध्यक्ष सुन्दर सी को अध्यक्षता, सुधन सी को स्वागत र उपेन्द्र सी को सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्मेलन पुर्व युवा संगठन नेपाल बागलुङले राष्ट्रियता, नेपाली विशेषता सहितको समाजवाद सहितका नारा लगाउँदै प्लेकार्ड, ब्यानर झण्डा सहितको र्यालीले हटिया बजार परिक्रमा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्