News Portal

  • दुर्घटना अपडेट:-त्रिशुलीमा बस खस्यो ,६ जनाको मृत्यु

    जनगर्जन संवाददाता२०८० फाल्गुण २३
    ७९ पटक

    २३ फागुन, काठमाडौँ । धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    रुपन्देही लुम्बिनी देखि काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

    सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।

    बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए ।

    उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

    उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्