News Portal

  • महिला दिवशमा पाठेघर सम्बन्धि शिविर हुने

    जनगर्जन संवाददाता२०८० फाल्गुण २०
    ४३ पटक

    बागलुङ । बागलुङमा ‘महिलामा लगानी, सभ्य र समुन्नत नेपालको थालनी’ भन्ने मुल नाराका साथ १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवश मनाइने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पत्र अनुसार जिल्ला तहमा पनि बिभिन्न कार्यक्रम गरेर दिवश मनाउने तयारी भएको हो ।
    महिला अधिकारको बारेमा सरोकारवालाबीच अन्तरक्रिया गर्ने, सचेतनामुलक ¥याली र मुल समारोह गर्ने, राजनीतिक दलका भतृसंगठनले आफ्नो क्षेत्रमा अधिकारमुखी कार्यक्रम गर्ने निर्णय भई दिवशको काम थालनी भैसकेको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताइन् ।
    जिल्लाभर गरिने कार्यक्रममा सबै संस्था, अन्तरपार्टी महिला संजाल र महिला अधिकारवादी संस्थाले समन्वय गर्ने निर्णय भएको हो । महिलाको पाठेघर सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने, हाल संचालनमा आइरहेको दादुरा रुबेला खोपको प्रचार गर्नेजस्ता क्रियाकलाप पनि यो अभियानमा जोडिने छ ।
    दिवशका लागि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय मुल समारोह समिति गठन भएको छ । समितिमा जिल्ला समन्वय समिति, सबै पालिका, प्रशासन, प्रहरी, सामाजिक संघसंस्था, पत्रकार तथा नागरिक समाजका सदस्य रहनेछन् ।

    प्रतिकृया दिनुहोस्