News Portal

  • उत्तर सल्यानले गर्यो पालिकास्तरिय विचार अन्तरक्रिया कार्यक्रम

    जनगर्जन संवाददाता२०८० फाल्गुण १९
    १३३ पटक

    भिम भारती
    सल्यान । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले जिल्ला भित्रका पालिकाहरुमा बिचार अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तरगत उत्तर सल्यानले दार्मा गाउँपालिकाबाट अन्तरक्रिया सुरु गरेको हाे। साे क्रममा फागुन १८ गते दार्माकाे केन्द्र फारुला बजारमा ‘बर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयमा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ।

    फारुला बजारमा भएको साे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य तथा सल्यानका अगुवा कम्युनिस्टनेता कमरेड आधार सीले, देश अहिले चारैतिरबाट संकटमा परेर अघि बढने कि पछि हटने भन्ने महत्त्वपूर्ण बिन्दुमा आई पुगेको को बताउनु भयो। पछि हटने छुट कसैलाई नभएको भन्दै उहाँले भन्नुभयो, ‘अब राष्ट्र र जनतालाई हितमा राखेर अघि बढनु नै अग्रगामी कुरा हाे।’ ‘अहिलेकाे अग्रगामी कुरा भन्नु नै नेपाली बिशेषताकाे समाजवाद हाे ।’ उहाँको भनाई थियोे ।

    अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज कमरेड भीमसेन सीले बर्तमान राष्ट्रिय संकट र अबको निकास बिषयमा एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सातखण्डमा बिभाजित साे कार्यपत्रमा विभिन्न बुद्धिजीवी, राजनीतिकर्मि, बिश्लेशक, पत्रकार, समाजसेवी र शिक्षकहरुले टिप्पणी गर्नु भएको थियोे ।

    प्रस्तुत कार्यपत्रमा मुख्य टिप्पणीकारकाे रुपमा सल्यानका चर्चित पत्रकार तथा समाजसेवी, रेडियो तहल्काका संचालक डिल्ली राज रावतले टिप्पणी गर्नु भएको थियो ।

    त्यस्तै प्रस्तुत कार्यपत्रमा जिल्ला समन्वय समिति सल्यानका उप-प्रमुख असविर बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सदस्य कमरेड अनन्त प्रसाद शर्मा ‘बिन्दु गाैतम’, नेपाली काँग्रेस सल्यान जिल्ला कार्य समितिका पुर्व सचिव, काँग्रेसनेता रामचन्द्र के. सि., नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश सदस्य कमरेड दल बहादुर दाहाल, नेपाल राष्ट्रिय मावि ढाकाडामकाेटका प्रधान अध्यापक प्रताप चन्द, नेपाली काँग्रेसका नेता रमेश शर्मा लगायतले टिप्पणी गर्नु भएको थियोे ।

    अन्तरक्रिया कार्यक्रम पार्टीका जिल्ला सचिव कमरेड मदन सीकाे अध्यक्षतामा, वरिष्ठ सदस्य कमरेड मेसी सीकाे संचालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा उपस्थितहरुलाई जिल्ला सदस्य कमरेड माेहन पुरुष सीले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियोे ।

    कार्यक्रममा अखिल (समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्र सी र अनिल सी, जनज्योति मावि फारुलाका प्रधान अध्यापक मीनराज वली,फारुला बहुमुखी क्याम्पसका प्रमुख दीपक शर्मा, नेकपा (माओवादी केन्द्र) का दार्मा गाउँपालिका इन्चार्ज कमरेड टाेपेन्द्र मल्ल लगायत अतिथिहरु हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस्