News Portal

  • आर्थिक, सांस्कृतिक परिबर्तन नहुदा प्रतिगमनको खतरा,अब साझा मुद्दामा सहकार्य गरौं- अनिल सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १९
    १०४ पटक

    शेर बहादुर विश्वकर्मा
    चितवन / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले राजनीति परिबर्तन अनुसार आर्थिक परिवर्तन र सामाजिक सास्कृतिक रुपान्तरण हुन नसक्दा देशमा प्रतिगमनको खतरा मडारिएको टिप्पणी गरेका छन।शनिबार चितवनको नारायणगढमा आयोजित आर्थिक राजनीतिक संकट र त्यसको आम सञ्चारमा प्रभाव बिषयक अन्तर्कृयामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता अनिलले यस्तो टिप्पणी गरेका हुन।

    ०६२/०६३सालको आन्दोलनले देशमा गणतन्त्रको स्थापना गरेर राजनीतिक परिवर्तन भयो, नयाँ संविधान पनि जारी गरियो तर नागरिकको जीवनमा कुनै परिवर्तन हुन सकेन, देश अझ ठूलो आर्थिक राजनीतीक संकट र अस्थिरता एवम् बाह्री हस्तक्षेपको प्रभाव र दबाबको प्रक्रियाबाट गुज्रिरहेको भन्दै नेता अनिलले यस्तो समस्याको प्रमुख कारण भनेको नयाँ आर्थिक आधार खडा हुन सकेन र त्यस अनुसार सामाजिक सास्कृतिक रूपान्तरण हुन नसकेको बताए।

    देश अहिले निकै संकटमा रहेको, राजनीति दल असफल र बदनाम हुँदै गएकोले जसले उनीहरुलाई धेरै गाली गर्न सक्छ उसैलाई समर्थन प्राप्त हुने जस्तो स्थिति देखियो, यो हामी सबैले बिचार गर्नुपर्ने गम्भीर बिषय हो उनले भने- यसप्रकारको खतराको कारण पश्चगामीहरु र जेलेन्स्की जस्तो फासीवादी प्रवृतिको उदय हुने संभावाना हुन्छ, त्यसैले देशको स्वाधीनता र निकासका लागि राजनीतिक सहकार्य गरौं ।

    आर्थिक संकटबाट उठ्न हामीले एकातिर नवउदारवादको चङ्गुलबाट देशलाई स्वतन्त्र बनाउनु पर्छ भने अर्काेतिर भु परिबेष्ठित समस्याबाट निकासका लागि ब्यापार बिबिधिकरणको दिशाबाट अगाडि बढ्ने ठोष नीति आवश्यक रहेको समेत नेता अनिलको भनाइ थियो।

    मन्तव्यको क्रममा उनले पत्रकार महासंघले सबै पत्रकारको साझा संस्थाको रूपमा काम गर्नुपर्ने, श्रमजीवी पत्रकारहरूका पेशागत हितको पक्षमा काम गर्नुपर्ने र नेपाली काङ्ग्रेस देखी सबै कम्युनिस्ट पार्टी तथा संविधानले समेत समाजवादको एजेन्डाको कुरा गरिरहेको बेला नेपाली बिषेसताको समाजवादकोबारे समाजलाई सुशिक्षित गर्न भुमिका निर्बाह गर्नुपर्ने खाचो रहेको समेत बताए।

    संकटको कारण उत्पन्न समस्याहरुको सामना गरिरहेका मिडियाहरुको बारेमा बहस गर्ने उदेश्यले आयोजित कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उध्योग बार्णिज्य संघका केन्द्रिय सदस्य राम कुवर, चितवन पोस्टका सञ्चालक गोविन्द अर्याल,प्रेस युनियन नेपालका जिल्ला अध्यक्ष अनिल ढकाल , होटल व्यावसायी महासंघ चितवनका पुर्व अध्यक्ष दिपक ढकाल ,पत्रकार होमनाथ न्यौपाने,अधिबक्ता नारायण गिरी, शिक्षक रामचन्द्र लम्साल, प्रेस चौतारीका नवराज ढकालले समेत आमसञ्चार माध्यमका समस्याबारे चर्चा गरेका थिए।

    जनपत्रकार संगठन नेपालका पुर्व अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सुदर्शनराज पाण्डेले मन्तव्यद्वारा स्वागत गरेका थिए भने जनपत्रकार संगठन नेपालका बागमती प्रदेश संयोजक सुर्य बरालले कार्यक्रमको सञ्चालन गरेका थिए।

    प्रतिकृया दिनुहोस्