News Portal

  • कुटपिट आरोपमा अभियान्ता शर्मिला वाइबा पक्राउ

    जनगर्जन संवाददाता२०८० फाल्गुण १६
    ६२ पटक

    काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

    शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए ।

    त्यसपछि उनको खोजी थालेको प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछ ।

    प्रतिकृया दिनुहोस्