News Portal

  • ७८ किलो लागुऔषध सहित बागलुङ मा ३ जना पक्राउ

    जनगर्जन संवाददाता२०८० फाल्गुण १५
    ३८ पटक

    बागलुङ । प्रहरीले लागुऔषध गाजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरी टोलीले चेकजाँचका क्रममा आइतबार राती २ बजे बागलुङको निसीखोला गाउँपालिका–२ कान्छाीबजार भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा बडिगाड गाउँपालिकाको ग्वालीचौरबाट निसीखोला गाउँपालिकाको भल्कोटतर्फ जाँदै गरेको ध १ च १२६१ नम्बरको बोलेरो पिकअप भ्यानबाट ६७ किलो लागुऔषध गाजा र ११ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ का ३९ वर्षिय नगेन्द्र पुन, बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ का २७ वर्षिय प्रेम बोहरा र निसीखोला गाउँपालिका वडा नं. ६ का ३८ वर्षिय खडक घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए ।

    पक्राउ परेका बोहरा जीप चालक हुन् । पक्राउ परेकाहरुको बारे थप अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट सोमबार थप गरिएको छ ।

    प्रतिकृया दिनुहोस्