News Portal

  • माधव नेपाल युरोप भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्कने

    जनगर्जन संवाददाता
    ७५ पटक

    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर सोमबार बिहान नेपाल फर्कने भएका छन् ।

    देशको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    अध्यक्ष नेपाल स्वीजरल्याण्ड, स्पेन, क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल साउन १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर, ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रम विकसित भएकाले अध्यक्ष नेपाललाई पार्टी नेताहरूले नै भ्रमण छोट्टाएर फर्कन सुझाव दिएका थिए ।

    नेपाल युरोप भ्रमणमा जानू अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो  ।

    ‘अनेक टिका टिप्पणीहरू समेत हुन थाले । त्यसैले मैले नै अध्यक्षलाई भ्रमण छोट्याएर फर्कन सुझाव दिएँ,’, उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘रास्वपाका सभापति रवि लामिछानेले समेत ‘माधव नेपाल भाग्यो’, भन्ने ढंगले अभिव्यक्ति दिन भ्याइसके ।’

    प्रतिकृया दिनुहोस्