News Portal

  • प्रधानमन्त्रीको भारत भ्रमण खर्च करिब १ करोड

    जनगर्जन संवाददाता
    ११० पटक
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणमा राज्यकोषबाट करिब एक करोड रुपैयाँ खर्च भएको छ ।

     

    अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च वापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ ।  मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो ।

    प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा मन्त्रीहरुसहित जम्बो टोली सहभागी थियो ।

     

    प्रतिकृया दिनुहोस्