News Portal

  • भ्रष्ट्राचार बिरुद्ध एक्लै माईकिङ गदै बुर्तिबाङका नर बहादुर गुरुङ

    जनगर्जन संवाददाता
    ८४ पटक

    विष्णु विश्वकर्मा
    बुर्तिबाङ बागलुङ । भ्रष्ट्राचार बिरुद्धको आन्दोलनमा सहभागि बन्न आवाह्न गदै बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा नर बहादुर गुरुङ र तुल्सीराम अर्यालले बजारमा माईकिङ गदै बजार परिक्रममा गरेका छन् ।

    नेपालमा भ्रष्ट्राचारको जालो फिजिएको भन्दै नियन्त्रणको लागि अहिले भईरहेको कामको प्रशंसा गदै भुटानी सरणर्थी प्रकरणमा पक्राउ परेका व्याक्तिलाई कानुनि प्रक्रियामा लगि कार्वार्ही गर्नु पर्ने माग सहित बजार परिक्रममा गरेका हुन् ।
    परिस्थिति मिठो भए पो मिठो बोल्नु , भ्रष्टाचारी दलालहरु मुर्दावाद,भुटानी शरणार्थीका नाईकेलाई आजिवन जेल हालौ,अरु हामी जान्दैनौँ,भ्रष्ट्राचारी नेता मान्दैनौ, भ्रष्ट्राचारी नेता र तिनका झोलेहरुलाई आ–आफ्नो ठाउँ बाट बहिस्कार गरौँ, नेपाल प्रहरी सलाम छ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नर बहादुर गुरुङ र तुल्सीराम अर्यायाल दुई जना बजार परिक्रमा गर्नु भएको थियो ।
    आफु कुनै पनि पार्टी नभएको कारण एक्लै एक्लै बजारमा हिडेको र याहाँको नागारिकले भ्रष्ट्राचारको विषयमा आम नागारिकलाई जानकारी नभएको भन्दै जानकारी दिनै सांकेतिक रुपमा माईकिङ गरेको नर बहादुर गुरुङले बताए ।

    “मैले स्थानिय सरकारलाई पनि लक्षित गरेको छु, अहिले ढोरपाटन नगरपालिकामा पनि जुन बाढी पिडितको लागि भनेर उठाएको रकमको हिनाविना भएको भन्दै छानविनको उपमेर ज्यूले उठाउनु भएको छ त्यो कुरालाई पनि मेरो समर्थन छ” गुरुङले भन्नु भयो ।

    त्यस्तै स्वतन्त्र नागारिक तुल्सीराम अर्यालले जनता विस्तारै यो अभियानमा जोडिने बताएका छन् । भ्रष्ट्राचारको जालो अन्त्यको लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नु पर्ने अर्यालले बताए ।

    प्रतिकृया दिनुहोस्